मेरो शेयरमा अनभेरीफाईड, रिअपलाई किन आयो ? यस्ता छन सी-आस्वाबारे सर्वाधिक सोधिने प्रश्न र समाधान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 28, 2018 | 10:07:24 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्रको सार्वजनिक निष्काशनमा फागुन ११ देखि अनिवार्य रुपमा सी आस्वा लागू भएको छ। र फागुन १५ गते आरम्भ माइक्रोफाइनान्सको आईपिओ खुलेको छ, जुन लगानीकर्ताले सीआस्वा मार्फत मात्र भर्न सक्ने छन् ।  

पहिलो पटक सिआश्वा प्रयोगमा आएकाले, लगानीकर्ता बीच कैयौ अन्योल सिर्जना भएको छ ।

यहाँ हामीले आम लगानीकर्ताको जानकारी र सहयोगको लागि केहि अन्योल चिर्ने प्रयास गरेका छौ  ।

१. सी आर एन नम्बर भनेको के हो ? 

सी आर एन नम्बर भनेको सी casba registration number हो । यसैलाई छोटकरीमा crn भनिएको हो ।

२. मेरो शेयरबाट आवेदन दिईसकेपछि APPLICATION STATUS मा किन Unverified देखाउछ ? 

अहिले अधिकांश लगानीकर्ताले सोध्ने प्रश्न यहि हो  । तपाईले मेरो शेयर मार्फत शेयर भर्दा सीआरएन सहितका सबै आवश्यक details भरीसकेपछि तपाईसंग सिस्टमले Confirmation Code माग्छ  । तपाईले मेरो शेयरको login details लिंदा जुन ईमेल प्रयोग गर्नु भएको थियो, त्यो ईमेलमा नै तुरुन्त ४ अंकको Confirmation Code आउछ  । 

त्यो Confirmation Code हालेर तपाईले application submit गरेपछि Confirmation Code आएको इमेलमा नै application sent successfully!   भनेर अर्को मेल आउछ  ।  तर त्यसको status मा unverified लेखिएको हुन्छ ।  unverified आउँदा तपाइको application नमिलेको भने होइन  । यसको अर्थ हो, तपाइको आवेदन बैंकले पाएको छ र बैंकले तपाइको आवेदन अनुसारको रकम तपाइको खातामा रोक्का गर्ने प्रक्रियामा छ  । बैंकले रकम रोक्का गर्ने प्रक्रिया सुरु गरेपछि तपाइले application status मा file generated भनेर देख्न सक्नु हुन्छ  । तर त्यो छोटो समय मात्र रहन्छ  । बैंकको रकम रोक्का गर्ने प्रक्रियामा रहेको बेलामा application status मा file generated भनेर देखाउछ । जब बैंकले तपाइको खाताबाट रकम रोक्का गर्छ , तब तपाइको application status आफै verified हुन्छ   । सामान्यतया बैंकहरुले दिन भर आएका आवेदन अनुसार बेलुका मात्र रकम रोक्का गर्छन   । यसर्थ यदि तपाइको खातामा तपाईले शेयर किन्न चाहेको संख्याको लागि पर्ने पर्याप्त रकम भए unverified आयो भनेर चिन्ता लिनु पर्दैन  ।  ढुक्क भएर बस्दा हुन्छ किनभने बैंकले रकम रोक्का गरिसकेपछि आफै verified हुन्छ   । तर पैसा रोक्का भए नभएको भने हेर्नु पर्छ  । 

३ . एक पटक मेरोशेयरबाट आवेदन दिएपछि किन फेरी re apply भनेर देखाउछ ? 

मेरो शेयरबाट आवेदन दिंदा आवेदन दिईसकेपछि re apply भन्ने अप्सन आउछ   ।  यो लगानीकर्ताले आफ्नो सोच बदलेको समयको लागि दिईएको सुबिधा हो  । उदाहरणको लागे तपाईले सुरुमा ६० कित्ताको लागि आवेदन दिनु भयो, तर तपाईलाई पछि ५० कित्ताको लागि मात्र आवेदन दिन मन लाग्यो भने तपाइले re apply गर्न सक्नु हुन्छ  । यसरी re apply गर्दा तपाइले अगाडी गरेको आवेदन आफै रद्द हुन्छ र तपाइको पछिल्लो आवेदन रेकर्ड हुन्छ  । तर re apply बैंकले रकम रोक्का नगर्दा सम्म मात्र गर्न सकिन्छ  । अर्थात् तपाइको आवेदन status unverified भएको बेलासम्म मात्र यो सुबिधा प्रयोग गर्न सकिन्छ  । बैंकले रकम रोक्का गरेपछि र status verified भएपछि re apply भन्ने अप्सन नै आउदैन  । 

४ . सीआरएन नम्बर छैन, कसरी शेयरमा आवेदन दिने ? 

शेयरमा आवेदन दिनको लागि सीआरएन नम्बर अनिवार्य छ ।  सीआरएन नम्बर नभए शेयरमा आवेदन दिन पाइदैन । सीआरएन नम्बर कसरी लिने र कति समयमा उपलब्ध हुन्छ बारे आफ्नो खाता भएको बैंकमा गएर सोध्नु पर्छ । केहि बैंकहरुले तुरुन्तै सीआरएन नम्बर उपलब्ध गराउछन् । 

५ . सीआरएन नम्बर छ, तर मेरो शेयर खाता छैन भने कसरी आवेदन दिने ?

सीआरएन नम्बर भएका तर मेरो शेयर खाता नभएका लगानीकर्ताले पहिले जस्तै बैंकमा गएर सी आस्वा फारम भरेर शेयरमा आवेदन दिन सक्ने छन्  । 

६ . मेरो शेयर खाता छ, तर सीआरएन छैन भने के गर्ने ? 

सीआरएन अनिवार्य छ, खाता भएको बैंकमा गएर सीआरएन लिनु पर्छ, त्यसपछि बैंक मै फारम भरेर वा घर मै बसी मेरो शेयर मार्फत अनलाइन बाट आवेदन दिन सकिन्छ   । 

७  . सीआरन नम्बर र बैंकको खाता नम्बर एकै नम्बर हुने हो ? 

होइन, सीआरएन नम्बर खाता नम्बर संग मिल्दो जुल्दो भए पनि एकै होइनन्, फरक हुन्  । सोहि कारण बैंक मै गएर सीआरएन नम्बर लिनु पर्छ  । 

८  . धेरै वटा सीआरएन नम्बर पनि लिन सकिन्छ  ? 

तपाइको खाता जुन जुन बैंकमा छ , तपैईले ति बैंकहरुबाट नम्बर लिन सक्नु हुन्छ  । एउटा बैंकबाट अर्को बैंकमा भने काम लाग्दैन  । साथै  बैंकहरु सीआश्वामा आवद्द भएको भने हुनु पर्छ  । 

९. मेरो शेयर खाता छ तर current issue मा bank account not verified भनेर आउंछ , अब कसरी शेयर भर्ने ?

सामान्यतया सीआरएन लिएको भोलिपल्ट यो समस्या समाधान हुन्छ , भएन भने बैंकलाई जानकारी गराएर खाता verified गराउनु पर्छ ।

के हो सी आश्वा ?

  प्राविधिक रुपमा केहि भिन्नता रहेपनि आस्वा र सी आस्वा बीच त्यति ठुलो अन्तर छैन। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई बैंक वित्तीय संस्थाले प्रदान गर्दै आएका आस्वा सेवाको एकीकृत रुप नै सी आस्वा हो भन्दा फरक पर्दैन। 

हिजोसम्म लगानीकर्ताले आस्वा सेवा प्रदान गर्ने बैंक वित्तीय संस्थामा गएर सेयरका लागि फर्म भर्ने गर्थे। केहि लगानीकर्ताले घरमा वा कार्यालयमा बसेर पनि अनलाइन मार्फत सेवा भर्ने गर्थे। जसलाई सामान्यतया आस्वा भन्ने गरिन्थ्यो।

यसरी बिभिन्न बैंक वित्तीय संस्थाले आस्वा मार्फत दिने सेवालाई थप चुस्त र एकै प्रणालीबाट लागू गर्न ल्याइएको प्रणाली नै सी आस्वा हो। अर्थात सामान्यभाषामा भन्दा आस्वा सम्बन्धि सेवा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रितकृत प्रणालीमा आबद्ध भै लगानीकर्ताको हितग्राही खाता (डिम्याट नम्बर) तथा बैंक खाताको विवरण रुजु गरि रुजु भएका लगानीकर्ताको आबेदन मात्र प्रविष्टि गर्ने प्रणाली नै सी आस्वा हो। 

आफ्ना खाता रहेको बैंकबाट सीआरएन नम्बर प्राप्त गरेका लगानीकर्ताले मात्र अप उप्रान्त सार्वजनिक निष्काशनको सेयर खरिद आबेदन दिन सक्नेछन। यसरि सीआरएन नम्बर प्राप्त गरेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट वा बैंकमा उपस्थित भै भौतिक फारम भरेर खरिद आबेदन दिन सक्नेछन। 

त्यसैले लगानीकर्ताले सी आस्वा का लागि 'मेरो सेयर' सेवा लिनै पर्ने र सी आस्वा भएपछि अनिवार्य रुपमा अनलाइन मार्फत आबेदन दिनुपर्छ भन्ने होइन। यदि तपाईलाई अनलाइन मार्फत भर्न अप्ठ्यारो छ भने सी आस्वा प्रदान गर्ने अनुमति लिएका बैंक बित्तिय संस्थामा गएर त्यहाँका कर्मचारीको सहयोगबाट भौतिक फर्म भरेर हिजोको आस्वा प्रणाली झैँ सार्वजनिक निष्काशनका सेयरमा आबेदन दिन सक्नुहुनेछ। वा, तपाई प्रविधिमैत्री हुनुहुन्छ भने अनलाइन मार्फत समेत सेयरमा आबेदन दिन सक्नुहुन्छ।

तर प्रविधमैत्रीहरुका लागि सी आस्वा भने केहि खर्चिलो हुने देखिन्छ। मेरो सेयर खाताको यूजर नेम र पासवर्ड प्रयोग गरेबापत लगानीकर्ताले बार्षिक ५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ।

आफ्नो हितग्राही खातामा रहेको सेयरको मौज्दात हेर्न, आफ्नो शेयरको पोर्टफोलियो हेर्न, शेयर धितो बन्धकीमा रहेको विवरण हेर्ने तथा आफ्नो खातामा भएको कारोबारको बिबरण हेर्ने सुविधा प्रदान गर्न 'मेरो सेयर' सुविधा दिएको र यसैका लागि शुल्क लिएको सीडीएससीको दाबि छ। तर अहिलेसम्म कयौं कम्पनीले यो सुविधा निशुल्क दिंदै आएका छन। सिस्टम एकीकृत गर्ने नाममा सिडीएससीले लिएको यस प्रकारको शुल्कबारे चर्को आलोचना समेत भएको छ। 

लगानीकर्ताले इन्टरनेटको माध्यमबाट खरिद आबेदन दिन चाहेको खण्डमा मेरो सेयर मार्फत समेत आबेदन दिन सक्नेछन। तर सीआरएन नम्बरका लागि ५० रुपैयाँ शुल्क भने होइन। तपाईले सीआरएन नम्बर निशुल्क पाउनुहुन्छ। सीआरएन नम्बर एक पटक लिएपछि सधैंका लागि हुन्छ।

तर 'मेरो सेयर' प्रयोग नगर्ने लगानीकर्ताले आफ्नो खाता रहेको बैंकको कुनै पनि शाखामा उपस्थित भएर उक्त शाखामा उपलब्ध फारम भरेर सेयर खरिद आबेदन दिन सक्नेछन। यसरि खरिद आबेदन दिंदा कुनै पनि नयाँ शुल्क नलाग्ने सिडीएससीले स्पष्ट पारेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved