सिभिल बैंकले हकप्रदमा अवितरित ४२ लाख ३७ हजार कित्ता शेयर लिलाम गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 28, 2018 | 12:08:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेडले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । बैंकले ३२ लाख ४४ हजार ६ सय दशमलव २५ कित्ता संस्थापक शेयर र ९ लाख ९२ हजार ८  सय १९  दशमलव ५० कित्ता साधारण शेयर लिलाम गर्ने भएको हो । 

बैंकले मंसिर २२ देखि माघ १२ गतेसम्म ४० प्रतिशतका दरले २ करोड ७ लाख ४० हजार ८ सय ८७ कित्ता हकप्रद निष्काशन गरेको थियो । जस मध्ये २०.४३ प्रतिशत शेयर बिक्रि नभएका हुन् । 

बैंकले फागुन २३ गतेदेखि चैत्र १ सम्म शेयर लिलाम गर्न लागेको हो ।  

इच्छुक बोलकबोलदाताले प्रति शेयर न्युनतम १०० रुपियाँ र न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ  ।  साधारण शेयरको हकमा सबैले आवेदन दिन सक्ने छन भने संस्थापक शेयरको हकमा संस्थापक लगानीकर्ताले मात्र आवेदन दिन पाउने छन्  ।   

इच्छुक बोलकबोलदाताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखा कार्यालयहरु बीरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखामार्फत आबेदन दिन सक्ने छन् ।

आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम लक्ष्मी बैंकमा रहेको लक्ष्मी क्यापिटल मार्केट्सको खाता 00534010757 मा जाम गर्नु पर्नेछ । 

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ । 

 बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख खुद नाफा गरेको थियो । यो समाचार तयार पार्दा बैंकको शेयर मूल्य १ सय ६२ रुपियाँ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved