एक दिन पनि टिकेन लगानीकर्ताको खुसि, नेप्से परिसूचक दोहोरो अंकले घट्नुको कारण के ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 28, 2018 | 02:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारको कारोबारमा थोरै राहत दिएको शेयरबजारले बुधबार भने लगानीकर्तालाई निराश बनाएको छ। बुधबार परिसूचक १८.८२ अंकले घट्दा नेप्से १३४५.९९ को बिन्दुमा ओर्लिएको छ। 

कारोबार खुलेको केहि समय सम्हालिने प्रयास गरेपनि खरिदकर्ता हाबी हुँदा परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। परिसूचकमा देखिएको गिरावटले लगानीकर्तालाई निराश बनाएपनि कारोबार रकमले भने केहि आशा जगाएको छ। 

बुधबार कारोबारमा आएका १६० कम्पनीको शेयर खरिद बिक्रिबाट ५४ करोड ३४ लाख ३१ हजार ५८३ रुपैयाँको कारोबार भएको छ। जसमा सबै भन्दा बढी प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको क्रमश: ६ करोड र ४ करोड ६६ लाखको कारोबार भएको छ। 

बुधबारको कारोबारमा सुर्योदय लघुवित्तका शेयरधनिहरुले सबै भन्दा बढी प्रति कित्ता ४० कमाएका छन भने सिभिल बैंकका लगानीकर्ताले एकै दिन प्रति कित्ता १० रुपैयाँ कमाएका छन। त्यस्तै कालिका माइक्रोक्रेडिटका शेयरधनिहरुले प्रति कित्ता ७० रुपैयाँ कमाएका छन। 

बिक्रेता भन्दा खरीदकर्ता हाबी हुँदा बजार एकै दिन दोहोरो अंकले घट्न पुगेको हो। जसमा टेलिकमको शेयर मुल्यले नेप्सेको गिरावटलाई थप बल पुर्याएको छ। 

बजार घट्नुका तत्कालिन र दीर्घकालीन कारणहरुको खोजि गरिएपनि मुख्यत: लगानीयोग्य रकमको अभाब र बचत तथा मुद्दती खातामा दिईएको महँगो ब्याजदर नै बजार नै प्रमुख कारण रहेको विश्लेषकहरुको बुझाई छ। बजारले दिने औशत प्रतिफल जति ब्याजदर बैंकले नै दिइरहेको अवस्थामा लगानीकर्ता त्यतातर्फ आकर्षित हुँदा समेत सेलिंग प्रेसर बढेको बताइन्छ। यद्दपी कारोबार रकमले साथ पाएको अवस्थाले लगानीकर्ता प्यानिक भईहाल्नु पर्ने अवस्था नरहेको उनीहरुको बुझाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved