बुटवल पावरको नबिकेको एफपीओ ८ कम्पनिले उठाउँदै, कसले कति कित्ता किन्दैछन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 28, 2018 | 03:37:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनिले निष्काशन गरि बिक्रि नभएको ११ लाख ५० हजार कित्ता एफपीओ प्रत्याभूत गर्नेहरुले किन्नु पर्ने भएको छ। गत माघ १५ देखि फागुन १५ सम्म बिक्रि खुला गरिएको बिपिसीको ४० लाख ८१ हजार कित्ता एफपीओ मध्ये ७१.६० प्रतिशत मात्र बिक्रि भएको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

क्यापिटलका प्रवक्ता स्मृती महर्जनका अनुसार कम्पनीको एफपीओमा कुल १ अर्ब ४६ करोड ३० लाख रुपैंया बराबरको मात्र आवेदन परेको छ । कुल एफपीओमा  २९ लाख ३१ हजार कित्ता सेयर मात्र बिक्री भएको छ। बिक्री हुन नसकेको ११ लाख ५० हजार कित्ता बराबरको सेयर प्रत्यभुतकर्ता कम्पनीहरुले किन्नु पर्नेछ। 

बिपिसीले प्रतिकित्ता १०० रुपैया अंकित मुल्यमा ४०१ रुपैयाँ प्रिमियम थपेर ५०१ मा एफपीओ बिक्री खुला गरेको थियो। प्रतिकुल समयमा निष्काशन गरिएको एफपीओ अहिलेसम्मकै बढी विवादस्पद बनेपछि अपेक्षा गरेअनुसार आबेदन नपरेको विश्लेषण गरीएको छ। 

बढी नै विवादस्पद बनेपछि बुटवल पावरको एफपीओलाई सर्वसाधारणले बिश्वास गर्न सकेनन। जस कारण कम्पनिले म्याद नै थप गरेर संस्थागत लगानीकर्ताका लागि समेत एफपीओ बिक्रि खुला गर्यो। त्यति गर्दा पनि नबिकेपछि प्रत्याभूति गर्ने बिभिन्न ८ संस्थाले बिपिसीको एफपीओ खरिद गर्नुपर्ने अवस्था आएको हो। 

एफपीओ प्रत्याभूत गर्ने ८ संस्था मध्ये सबै भन्दा बढी एनएमबि क्यापिटलले बिपिसीको सेयर किन्नुपर्ने भएको छ। प्रत्याभूत शेयरसंख्यालाई प्रतिशतमा निकाल्दा सबैभन्दा बढी एनएमबि क्यापिटलले बिपिसीको ३४ प्रतिशत शेयर अर्थात करिब ३९ हजार १०० कित्ता एफपीओ किन्नु पर्ने भएको छ। 

त्यस्तै क्रमश: लक्ष्मी क्यापिटलले १२ प्रतिशत, एनआईबिएल क्यापिटल २९ प्रतिशत, ग्लोबल आइएमई क्यापिटल ५।८६ प्रतिशत, ग्लोबल आइएमई सम्मुनत योजना १ ले ३।९१ प्रतिशत, नबिल इन्भेष्टमेन्ट ७।३९ प्रतिशत, नबिल ब्यालेन्स फण्डले २।७९ प्रतिशत र नबिल इक्विटीले ४।५८ प्रतिशत शेयर खरिद गर्नुपर्ने भएको छ। 

यस अघिका सार्वजनिक निष्काशन (आइपीओ र एफपीओ) मा अत्यधिक आबेदन पर्दा गोलाप्रथाबाट बाँडफाँड हुने गरेको थियो। सोहि कुरालाई आधार मानेर आबेदन लगानीकर्ताले १०-२० कित्तालाई आबेदन दिंदा पुरै एफपीओ बिक्रि नभएको भनीएको छ। यद्दपी प्रतिकुल अवस्थामा एफपीओ निष्काशन हुँदा त्यसले कस्तो परिस्थित जन्मिन्छ भन्ने गतिलो उदाहरण बनेको छ बुटवल पावरको एफपीओ।    


प्रत्याभूत गर्नेले प्रति कित्ता कतिमा किन्नुपर्छ ?

बिपिसीको एफपीओ प्रतिकित्ता १०० रुपैया अंकित मुल्यमा ४०१ रुपैयाँ प्रिमियम थपेर ५०१ मा बिक्री खुला गरिएको हो। बुटवल पावरको एफपीओ प्रत्याभूत गर्ने बिक्रि प्रबन्धक एनएमबि क्यापिटल सहित अन्य ८ संस्थाले पनि प्रति कित्ता ५०१ रुपैयाँमा नै एफपीओ किन्नुपर्ने हुन्छ।

कम्पनिको वित्तीय अवस्था 

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३५७ प्रतिशतले बढाएर ५९ करोड ५२ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा कम्पनिले १३ करोड ९ लाख खुद मुनाफा गरेको थियो। कम्पनिले बिद्युत बिक्रिबाट ४० करोड ९८ लाख आम्दानि गरेको छ।   

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८६ करोड छ।

यस अवधिमा कम्पनिको प्रति शेयर आम्दानि ३३ रुपैयाँ ९ पैसा, प्रति शेयर नेटवर्थ २५८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानिको अनुपात २१ दशमलब ४८ गुणा रहेको छ। 

   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved