नेपालको शेयरबजारमा भेटियो 'अनौठो घटना',साधारण भन्दा संस्थापक सेयर बढी मुल्यमा कारोबार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 28, 2018 | 06:39:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको शेयरबजारमा सामान्यतया संस्थापक भन्दा साधारण शेयर बढी मुल्यमा कारोबार हुने गर्छ। तर बुधबारको कारोबारमा सेन्चुरी कमर्शियल बैंकको शेयर कारोबारमा भने सामान्य प्रचलन भन्दा फरक अवस्था देखिएको छ।

बुधबारको सेन्चुरीको संस्थापक शेयर साधारण भन्दा बढी मुल्यमा कारोबार भएको छ। संस्थापक सेयर प्रति कित्ता १९७ रुपैयाँमा १२ हजार ६९३ कित्ता कारोबार भएको छ भने साधारण सेयर १८४ रुपैयाँमा २० हजार ५७४ रुपैयाँमा कारोबार भएको छ।

नेपालको शेयरबजारमा साधारण भन्दा संस्थापक शेयर महँगोमा किनबेच बिरलै हुने गर्छ। तर सेन्चुरी बैंकको शेयर कारोबारमा भने बिरलै हुने घटना भन्दा फरक देखिएकोले बिजपाटिको ध्यानाकर्षण भएको हो।  

शेयरबजार निरन्तर ओरालो लाग्दा बजारमा अहिले कयौं कम्पनिको शेयर आइपीओकै मुल्यमा कारोबार भएको छ। पुंजीबजारमा प्रवेश गरि दीर्घकालीन लगानी गर्न चाहनेका लागि भने यो नै सुनौलो अवसर हो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved