अर्थमन्त्री खतिवडाको 'प्राथमिकतामा' शेयरबजार र घरजग्गा कारोबार परेन, दिए यस्तो अभिव्यक्ति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 01, 2018 | 02:51:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बिकासको मूल नारा दिएर बनेको नयाँ सरकारका नवनियुक्त अर्थमन्त्री ड़ा युवराज खतिवडाले शेयरबजार, घरजग्गा र अटोमोवाइल बारे आफ्नो पुरानै मान्यता दोहोर्याएका छन। 

गभर्नर बनेको समयमा घरजग्गा लगानीमा अंकुश लगाएका ड़ा खतिवडाले अर्थमन्त्री बनेपछि पनि आफ्नो पुरानो धारणालाई दोहोर्याएका हुन। बीबीसी नेपाली सेवासंगको कुराकानीमा खतिवडाले घुमाउरो भाषामा घरजग्गा, शेयरबजार र अटोमोबाइलमा लगानी अनुत्पादक रहेको बताएका हुन। 

बैंकिङ प्रणालीमा देखिएको तरलता अभाब र त्यसकै कारणले अर्थतन्त्रमा देखिएको समस्याको बिषयमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा खतिवडाले विकासको क्रममा आगाडी बढ्दा थप पुंजी परिचालन गर्नु पर्ने र त्यसमा आन्तरिक रुपमा पुंजी परिचालन गरेर मात्र नहुने बताउदै भने,'बचत निक्षेप अलि बढी परिचालन गरेर या रेमिटेन्स अलि बढी ल्याएर मात्रै पुग्दैन।हामीले अन्तर्राष्ट्रिय बजारबाट पनि पूँजी विस्तारै प्रवेश गराएर यो समस्या समाधान गर्न सक्छौं' 

तर जति पूँजी त्यसरी परिचालन हुन्छ, त्यो पुंजी फेरी उही घरजग्गा,शेयर मार्केटमा र त्यही अटोमोबाइलमा र त्यही उपभोक्तामा लगानी गरियो   भने त्यसको केही पनि अर्थ नहुने खतिवडाको भनाई छ। त्यसैमा उनले थपेका छन, 'एउटा त कर्जाको आकार बढाउने र कर्जाको गुणात्मक पक्षलार्इ ध्यानमा दिने र हामीले प्राथमिकतामा राखेको उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनेतर्फ लगेर छिटै यो समस्या पनि समाधान गर्न सक्छौं भन्ने मलार्इ लाग्छ।' 

खतिवडाले दिएको जवाफलाई आधार मान्ने हो भने उनले शेयरबजारलाई फेरी एक पटक अनुत्पादक क्षेत्र भनेका छन र आगामी दिनमा शेयर कर्जामा कडाई गर्ने संकेत समेत गरेका छन्। उनले भनेका छन, 'सिमित स्रोत साधनलाई बढी उत्पादनक क्षेत्रमा लगानी बढाउनुपर्छ, ताकी त्यसले आय र रोजगारी बढोस।' उनले अगाडी थपे.'क्षेत्र बिशेष भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्छ, १० रुपैयाँ खर्च गर्दाखेरि १२,१३,१४,१५ रुपैयाँ आम्दानी नहुने क्षेत्रमा चाँही हामीले लगानी बढाउनुहुन्न भन्ने मान्यता हो।'

गभर्नर बन्दा शेयरबजार प्रति सकारात्मक नदेखिएका खतिवडाले अर्थमन्त्री बनेपछि पनि पुरानो रवैयालाई निरन्तरता दिने स्पष्ट संकेत गरेका छन। शेयरबजार प्रति सकारात्मक नदेखिएका भनिएका खतिवडाको यस भनाईले पक्कै पनि आगामी दिनमा शेयरबजार प्रभाब पार्ने देखिन्छ। 

तरलता समस्या 

यद्दपी खतिवडाले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्याको समाधान खोज्ने अठोट गरेका छन। गत बर्षको पुंजी वृद्धिको परिणामले अहिले तरलता समस्या देखिएको बताउदै खतिवडाले भने, 'यो समस्या चाँही हामीले गिजोलेका हौं। अघिल्लो वर्षनै हामीले पूँजी वृद्धिको परिणाम स्वरुप अत्यन्त धेरै कर्जा प्रवाह गर्नुपर्यो, बैंकहरुले ३०–३१ प्रतिशतको कर्जा प्रवाह वृद्धि गरे र, पोहोर साल नै ठुलो ठुलो आयोजनाहरुमा कर्जाको प्रतिवद्धता बढ्यो, अहिले कर्जा दिन नसक्ने अवस्थामा उहाँहरु (बैंकहरु) पुग्नुभएको छ।’

अलिकति बिबेक पुर्याएर बैंकहरुलाई दबाबमा नपारेको भए आज तरलता समस्या नआउने खतिवडाको भनाई छ। आन्तरिक स्रोतबाट पुंजी जुटाएर मात्र नहुने बताउदै खतिवडाले भने, 'अन्तर्राष्ट्रिय बजारबाट पनि पूँजी विस्तारै प्रवेश गराएर यो समस्या समाधान गर्न सक्छौं।'  

सामाजिक सुरक्षा

हिजो गभर्नर हुँदा जथाभावी खर्चको विपक्षमा रहेका खतिवडा अहिले आफ्नै सरकारले वृद्धभत्तालार्इ २ हजारबाट पाँच हजार बनाउने बताएको छ, त्यसको कार्यान्वयन गर्नुहुन्छ त ? भनेर सोधिएको प्रश्नको जवाफमा खतिवडाले भने, 'एउटा हाम्रो अवधारणागत त्रुटीलार्इ मैले सच्याउन चाहे।सामाजिक सुरक्षामा गरिने खर्च भनेको चाँही अनावश्यक र अनुत्पादक होइन,राज्यले धान्न सके सबै नागरिकलार्इ सार्वकालिक सामाजिक सुरक्षाको दायरामा ल्याउने हो।' 

उनले अगाडी थपे, 'बालक,वृद्ध,अपाङता भएका व्यक्तिहरु,रोजगारीबाट वाहिर बसेका व्यक्तिहरु,राज्यले संरक्षण दिनुपर्ने व्यक्तिहरु सामाजिक सुरक्षाको दायरमा आउनुपर्छ, त्यो हामीलार्इ संविधानले भनेको छ, हाम्रा छिमेकी मुलुक मात्रै होइन यूरोपेली र अमेरिकी मुलुकहरुमा पनि सार्वकालिक सामाजिक सुरक्षा दिनुपर्छ भनेर सबै जान थालेका छन, मात्रै कुरो के हो भने त्यो धान्नसक्ने हाम्रो अर्थतन्त्र छ कि छैन भन्ने हो, त्यसमा हाम्रो कुरो सामाजिक सुरक्षालार्इ योगदानमा आधारित बनाउँछौं, र सामाजिक सुरक्षालार्इ मुलुकको राजस्वले धान्ने तहमा मात्रै हामी अगाडी बढ्छौं।'

यसै साता बजेटको अर्धवार्षिक समीक्षा

खतिवडाले यो हप्ताको अन्त्यसम्म सरकारले बजेटको अर्धवार्षिक समीक्षाको काम सक्ने समेत बताएका छन। 'अर्धवार्षिक समिक्षामा हामी कहाँ छौं भन्ने स्पस्ट हुन्छ, त्यसले हामी कहाँ छौ भन्ने भएपछि आगामी मार्ग निर्दिष्ट हुन्छ' उनले भने, ‘त्यस अनुसार आगामी आर्थिक वर्षको तयारी गर्छौं।' 

राजश्व उठाउन अनुगमन

अहिले राजस्व उठ्ती सोचेजस्तो नभएर कर्मचारीलार्इ तलब खुवाउन समेत आन्तरिक ऋण लिनुपर्ने अवस्था सिर्जना भएको अवस्थामा अर्थतन्त्र धान्न सकिन्छ भन्ने प्रश्नको जवाफमा खतिवडाले भने, 'राजस्व उठ्तीमा सिमान्त रुपमा कमी भएको मात्रै हो,लक्ष्य भन्दा धेरै बढी राजस्व उठाउन सक्छौं,आजनै हामीले सम्पूर्ण भन्सार अधिकृतलार्इ निर्देशन दिइसकेका छौं।'

समानको कोड, विवरण, परिमाण र मुल्य फरक पारि उठाउनु पर्ने भन्सार नउठाइएको टिप्पणी गर्दै खतिवडाले भन्सार चल्ने जो कोहिलाई कडा कारबाही गरिने बताएका छन। लक्ष्य भन्दा बढी राजश्व उठाउन सकिने र त्यसका लागि अनुगमन सुरु भईसकेको उनले बताए।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved