सयपत्री हाइड्रोले ९ लाख कित्ता आईपिओ निष्काशन गर्ने, एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2018 | 11:40:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सयपत्री हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ३,००,००० कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात ६,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो । 

शेयर जारि गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा सयपत्री हाईड्रोपावरको तर्फबाट अध्यक्ष डा.बद्री के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रवन्धक   मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन। हाल उक्त कम्पनीको अधिकृत पूँजी रु.५० करोड र जारी पूँजी रु.३० करोड रहेको छ ।


सयपत्री हाइड्रोपावर लिमिटेडले बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिकामा २.५ मेगावाट क्षमता भएको दरम खोला “ए” जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरि मिति २०७३÷०३÷१२ बाट व्यापारिक विद्युत उत्पादन समेत गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved