माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको आइपीओ अन्तिम चरणमा, आबेदन भर्न गर्नुहोस तयारि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 03, 2018 | 08:09:47 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारि गर्ने भएको छ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र त्यसपछि  सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो ।

आइपीओ निष्काशनका लागि कम्पनिले धितोपत्र बोर्डबाट प्रतिक्रिया समेत पाईसकेको छ। धितोपत्र बोर्डले मागेको सम्पूर्ण कागजात बुझाएर चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताएका छन।   

श्रेष्ठका अनुसार बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरिएको छ। आयोजना प्रभावितलाई कूल पूँजीको १० प्रतिशत र सर्वसाधारणमा १५ प्रतिशत बराबरको साधारण शेयर बिक्री गरिने छ। 

अर्थात स्थानीयले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर जारि हुनेछ भने सर्वसाधारणलाई एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री हुनेछ। कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन् ।   

आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ ।

आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ । तर बिक्री गरिएको उक्त साधारण शेयर हालसम्म पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुन सकेको छैन । स्थानीय तथा सर्वसाधारणलाई छुट्याइएको आइपिओ बिक्रि भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ।

कम्पनीले यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँट गरिसकेको छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ । 

सीआरएन नम्बर अनिवार्य 

सार्वजनिक निष्काशनमा फागुन ११ देखि नै सी-आस्बा अनिवार्य गरिएकाले माथिल्लो तामाकोशीको आइपीओ भर्न चाहनेसंग सीआरएन नम्बर अनिवार्य रुपमा हुनुपर्नेछ। 

ठुलो संख्यामा आइपीओ निष्काशन हुने भएकाले निष्काशनको मुखैमा सीआरएन नम्बर लिनेको घुइंचो हुने भएकाले लगानीकर्ताले आजैदेखि सीआरएन नम्बर लिंदा समयको बचत हुनेछ भने झन्झट पनि कम हुनेछ। 

अहिलेसम्म ६१ बैंक वित्तीय संस्थाले सी-आस्बा सेवा दिन अनुमति लिएका छन। त्यसैले यी ६१ संस्था मध्ये जुनैमा तपाईको बैंक खाता छ भने त्यहाँ गएर तपाईले एक आबेदन फर्म भरेर सीआरएन नम्बर पाउनुहुनेछ। 

यदि तपाईले अनलाइन मार्फत नै आबेदन दिन चाहनुहुन्छ भने तपाईले सीडीएससीको 'मेरो सेयर' सेवा लिनुपर्ने हुन्छ। त्यसका लागि सी आस्बामा आबद्ध बैंक वित्तीय संस्थाबाट एक फर्म भरेर युजर नेम र पासवर्ड लिनुपर्नेहुन्छ र सोहि युजर नेम र पासवर्डको प्रयोगबाट मेरो शेयर मार्फत अनलाइन बाट नै सार्वजनिक निष्काशनका शेयर (आइपीओं, हकप्रद, एफपीओ) मा आबेदन दिन पाइनेछ।  

मेरो शेयरमा अनभेरीफाईड, रिअपलाई किन आयो ? यस्ता छन सी-आस्वाबारे सर्वाधिक सोधिने प्रश्न र समाधान 

के छ आस्वा र सी-आस्वा बीच फरक, कसरि लिने सीआरएन नम्बर ?
यस्तो छ सी आश्वा र मेरोशेयरबाट उपलब्ध हुने सेवा सुबिधा प्रयोग गर्ने तरिका (STEP BY STEP)

धितोपत्र बोर्डले चिर्यो सी आश्वाबारेको भ्रम, २ तरिकाबाट आवेदन दिन सकिनेबारे प्रष्ट हुन् आग्रह

यस्तो छ सी आस्वाबाट आइपीओ,एफपीओ र हकप्रद भर्ने तरिका (भिडियो सहित)

सिडिएससीले ल्यायो ५० रुपैयाँमै 'प्रोटफोलियो ट्रयाक्टर' को सुविधा, यस्तो छ प्रक्रिया

तपाईको खाता भएको बैंक सि-आस्वामा आबद्ध छ कि छैन ? यसरी थाहा पाउनुहोस





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved