आरम्भको आईपिओमा ३९ गुणा बढी आवेदन, डेढ लाख बढीले शेयर नपाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 03:59:03 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण शेयरमा अत्यधिक आवेदन परेको छ ।  बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार आवेदन दिने अन्तिम दिन आज सोमबार बेलुकासम्ममा कम्पनीको आईपिओमा १ लाख ८१ हजार भन्दा बढीले आवेदन दिएका छन् । यी आवेदकबाट १ अर्ब १५ करोड रुपियाँको आवेदन परेको क्यापिटलले जनाएको छ । यो संख्या कुल माग संख्या भन्दा ३९ गुणाले बढी हो । 

कम्पनीको आईपिओ २९ हजार ४ सयले मात्र पाउने भएकाले डेढ लाख बढी आवेदक हात खाली हुने निश्चित छ । यो तथ्यांक सीआस्वा सिस्टमको रियल टाइम डाटा हो । तर केहि बैंक तथा वित्तीय संस्थाले आफुले दिनभरमा लिएको आवेदनलाई सिस्टममा एन्ट्री गर्नको लागि केहि समय सिडिएससीले दिन सक्ने भएकाले यस संख्या सामान्य बढ्न पनि सक्ने क्यापिटलले जनाएको छ  । 

 कम्पनीले फागुन १५ गतेदेखि २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ बिक्रि खुला गरेको हो। 

  आइपीओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।  लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १०००  कित्ताको लागि आवेदन दिन सक्ने थिए ।

२ लाख ९४ हजार कित्ता मध्ये ३ प्रतिशत अर्थात ८ हजार ८२० कित्ता कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १४ हजार ७०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। यस अर्थमा सर्वसाधारणका लागि मात्र २ लाख ७० हजार ४८० कित्ता मात्र बिक्रि खुला गरिएको थियो। 

 सर्वसाधारणमा आइपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ३ करोड ६ लाखबाट ६ करोड पुग्नेछ। कम्पनिले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६ लाख १९ हजार खुद मुनाफा आर्जन गरेको छ।      

माइक्रोफाइनान्सले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने बिशेष प्रस्ताब कात्तिक १८ मा भएको तेस्रो बार्षिक साधारणसभाबाट पारित गरेको थियो । काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त गरी १५ पहाडी जिल्लामा लघुवित्त  सेवा प्रदान गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved