आशा लघुवित्तले शत प्रतिशत हकप्रद जारि गर्ने, डाक्यो बिशेष साधारणसभा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2018 | 10:33:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद निष्काशनको प्रस्ताव सहित बिशेष साधारण सभा डाकेको छ । नुवाकोटको मदानपुरमा केन्द्रीय कार्यालय रहेको लघुवित्त कम्पनीले चैत १७ गते ककनीमा विशेष साधारण सभा आह्वान गरेको हो । 

बिशेष साधारणसभामा शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेश हुने छ । सञ्चालक समितिको निर्णय अनुसार अधिकृत तथा जारी पूँजी १० करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्याउन तथा चुक्ता पूँजी ७ करोडबाट १४ करोड पुर्याउन हकप्रद जारी गर्न लागिएको हो । 

 शतप्रतिशत हकप्रद जारी गर्दा सेयरधनीलाई आफ्नो हक बराबरको हकप्रद आफैँ किन्न वा अन्य व्यक्तिलाई हक हस्तान्तरण गर्नसक्ने व्यवस्था प्रबन्धपत्र तथा नियमावलीमा थप गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुने छ । कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

चालु आर्थिक बर्षका दोस्रो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved