व्यस्त भएर बिर्सनु भयो कि ? प्रभु सहित ३ बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, छुट्नु होला है !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 07:43:34 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक, ग्रिन डेभलपमेन्ट बैंक, र लुम्बिनी विकास बैंकको हकप्रद भर्ने आज फागुन २३ गते अन्तिम दिन रहेको छ ।

प्रभु बैंक 

प्रभु बैंकले माघ ७ देखिदेखि फागुन १३ गतेसम्मका लागि हकप्रद बिक्रि खुला गरिएकोमा बैंकले म्याद दश दिन थप गरि फागुन २३ गतेसम्म हकप्रद भर्न मिल्ने बनाएको हो। 

बैंकले १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले २ अर्ब ३५ करोड रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार ६९८ कित्ता हकप्रद बिक्रिमा राखेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 

हकप्रद प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन। पुष २० सम्म कायम शेयरधनीले विक्री प्रबन्धक सनराइज क्यापिटल, प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् ।  

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रहेकोमा ४० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८ अर्ब २४ करोड पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाख खुद नाफा कमाएको छ। 


ग्रीन डेभलपमेन्ट बैंक

ग्रीन डेभलपमेन्ट बैंकले माघ २ गतेदेखि हकप्रद बिक्रि गरिरहेको हो । बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले १०० बराबर ४०० कित्ता अर्थात ४०० प्रतिशत हकप्रद निष्काशन गरेको हो । बैंकले  ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद बिक्रि खुला गरेको हो । हकप्रद बिक्रिका लागि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। 

हकप्रद निष्काशनको लागि  बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।  

लगानीकर्ताले ग्रीन डेभलपमेन्ट बैंकको शाखाहरु, लक्ष्मी क्यापिटलको कार्यालय बानेश्वर, एनआईबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, साथै सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्  । यसका साथै लक्ष्मी बैंकको सिमित शाखाहरु बाट पनि आवेदन दिन सकिने छ  ।  

बैंकको माघ २८,२०७३ मा बसेको चौथो बार्षिक साधारणसभा मार्फत ४०० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित भएको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ५० करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १० करोड छ।  

लुम्बिनी विकास बैंक 

लुम्बिनी विकास बैंकले पनि हकप्रद भर्ने म्याद थप गरेको थियो । बैंकले माघ ११ गतेदेखि  `१०:१ को अनुपातमा १० प्रतिशत हकप्रद निष्काशन गरेको हो।

  बैंकले २० करोड ८ लाख बराबरको २० लाख ८ हजार ८ सय ७८ दशमलव २७ कित्ता हकप्रद निष्काशन गरेको हो । बैंकले हकप्रद भर्ना फागुन १६ गते सम्मको मिति तय गरेकोमा एक हप्ता थप गरी फागुन २३ गते सम्म हकप्रद भर्न सकिने जनाएको थियो  ।

हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गते सम्म कायम शेयर धनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय कमलादी, भिबोर क्यापिटलको कार्यालय कृष्ण गल्ली ललितपुर, लुम्बिनी विकास बैंकका शाखाहरु र सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन सक्ने छन् । 

हाल बैंकको चुक्ता पुंजी २ अर्ब १ करोड रहेकोमा १० प्रतिशत हकप्रद निष्काशनपछि बैंक को चुक्ता पुंजी २ अर्ब २१ करोड पुग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved