सिभिल बैंकको ४२ लाख कित्ता सेयर लिलाममा, घट्दो ट्रेन्डको बजारमा कति मुल्यमा आबेदन दिनु उचित?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 08:44:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकको हकप्रदमा अवितरित शेयर आजदेखि लिलाम बढाबढ मार्फत बिक्रि खुला भएको छ। बैंकले हकप्रद बिक्रि खुला गर्दा आबेदन नपरेका ४२ लाख ३८ हजार ९५८ कित्ता सेयर लिलाम मार्फत बिक्रि खुला गरेको हो। 

लिलाममा राखिएका शेयरमा ३२ लाख ४४ हजार ६ सय दशमलव २५ कित्ता संस्थापक र ९ लाख ९२ हजार ८  सय १९  दशमलव ५० कित्ता साधारण शेयर छन। 

बैंकले गत मङ्सिर २२ देखि माघ १२ गतेसम्म १०० बराबर ४० अर्थात ४० प्रतिशतका दरले २ अर्ब ७० करोड रुपैयाँ बराबरको २ करोड ७ लाख  कित्ता हकप्रद बिक्रि खुला गरेको थियो। जसमा करिब २०.४३ प्रतिशत शेयरमा आबेदन नपरेको हो। 

बैंकले लिलाममा राखेको शेयरमा इच्छुक बोलकबोल दाताले आज अर्थात फागुन २३ देखि चैत १ सम्म आबेदन पेश गर्न सक्नेछन। बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन। तर बैंकले लिलाममा राखेको संस्थापक सेयरमा संस्थापक शेयरधनीहरुले मात्र बोलपत्र पेश गर्न सक्नेछन। 

बोलकबोलदाताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखा कार्यालयहरु बीरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखामार्फत आबेदन दिन सक्ने छन् ।

आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम लक्ष्मी बैंकमा रहेको लक्ष्मी क्यापिटल मार्केट्सको खाता 00534010757 रकम जम्मा सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट चेक मार्फत समेत रकम जम्मा गर्न सक्नेछन।  

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख खुद नाफा गरेको थियो।

घट्दो ट्रेन्डको बजारमा कति मुल्यमा आबेदन दिनु उचित ? 

४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्नेछ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले ७५ करोड पुंजी थप गर्नुपर्नेछ। यसका लागि बैंकले बाँकी अपुग पुंजी गत आर्थिक बर्षको कमाई र रिजर्भबाट बोनस शेयर दिएर पुर्याउने अपेक्षा गरिएको छ। जसका लागि बैकले करिब १० प्रतिशत बोनस शेयर दिनुपर्ने हुन्छ। 

अहिले लिलाममा आबेदन दिनेले पनि सिभिल बैंकको बोनस सेयर पाउने भएकाले लिलाममा राखिएको शेयरमा आबेदन दिनु उचित हुनेछ। तर कति मुल्यमा आबेदन दिने भन्ने कुरामा लगानीकर्ताले घट्दो ट्रेन्डमा रहेको शेयरबजारलाई ख्याल गर्नुपर्ने हुन्छ।

लिलाम बढाबढमा भाग लिंदा दोस्रो बजारको सेयर मूल्य भन्दा करिब २० प्रतिशत कम मूल्यमा आबेदन दिंदा ठिक हुन्छ भन्ने मान्यता रहेको छ। मंगलबार अर्थात फागुन २२ गते दोस्रो बजारमा सिभिलको शेयर प्रति कित्ता १५५ रुपैयाँमा कारोबार भएको छ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved