नेपाली शेयरबजारमा नयाँ अध्याय सुरु, निष्काशन बन्द भएको दुई दिन मै आरम्भको शेयर बाँडफाँड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 11:50:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको शेयरबजारमा सार्वजनिक निष्काशनमा नयाँ अध्याय सुरु भएको छ। सोमबार अर्थात फागुन २१ गते निष्काशन बन्द भएको आरम्भ माइक्रोफाइनान्सको सेयर २ दिनमा नै बाँडफाँड भएको छ। 

सिडीएससीले आईपीओको आबेदनमा एकिकृत प्रणाली सी आस्वा लागू गरेकाले आइपीओ निष्काशनको केहि दिनमा नै शेयर बाँडफाँड सम्भव भएको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए।

आरम्भ माइक्रोफाइनान्सको आइपीओमा एक लाख ८५ हजार ६५३ भ्यालिड आबेदन परेको छ। जस मध्ये २७ हजार ४८ जनाले आरम्भ माइक्रोफाइनान्सको शेयर पाएका छन।

पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा सेयर बाँडफाँड भैरहेको छ। अब केहि केही बेरमा अन्तिम नतिजा बाहिर आउने सिडीएससीका   प्रमुख कार्यकारी अधिकृत गुप्ताले बिजपाटिलाई बताए।    

आइपीओको नतिजा केहि समयपछि बिजपाटि डटकममा प्रकाशित हुनेछ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर तनिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ आरम्भ माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेड (Aarambha Micro Finance Bittiya Sanstha Limited) भनेर छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ। 

नोट: पूर्ण नतिजा सार्वजनिक भएपछि मात्र तपाईले बिजपाटि डटकममा गएर आफुलाई आइपीओ परे नपरेको थाहा पाउन सक्नुहुन्छ।  पूर्ण नतिजा सार्वजनिक नहुँदा सम्म IPO Issuer Company मा आरम्भ माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडको नाम देखिने छैन । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved