निष्काशन बन्द भएको २ दिन मै आरम्भ माइक्रोफाइनान्सको आइपीओ बाँडफांड, मात्रै ३८५ आबेदन रद्द

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 12:31:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण शेयर निष्काशन बन्द भएको दुई दिनमा नै आइपीओ बाँडबाँड भएको छ। निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो। 

सिडीएससीले आईपीओको आबेदनमा एकिकृत प्रणाली सी आस्वा लागू गरेकाले आइपीओ निष्काशनको केहि दिनमा नै शेयर बाँडफाँड सम्भव भएको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए।

आरम्भको आइपीओमा कुल १ लाख ८६ हजार ३८ आबेदन परेको छ। जसमा मात्र ३८५ आबेदन रद्द भएका छन। सी आस्वा लागू भएसंगै नेपाली शेयर बजारमा सार्वजनिक निष्काशनमा नयाँ अध्याय सुरु भएको छ भने रद्द आबेदनको संख्यामा समेत ठुलो सुधार आएको छ। 

कुल योग्य आवेदक १ लाख ८५ हजार ६५३ मध्ये २७ हजार ४८ जनाले आरम्भको शेयर प्राप्त गरेका छन। त्यस्तै ८ हजार ८२० कर्मचारीले आरम्भको सेयर पाएका छन भने १२ सामुहिक लगानी कोषले १४ हजार ७०० कित्ता सेयर पाएका छन।  

आरम्भ माइक्रोफाइनान्सले यहि फागुन १५ गतेदेखि फागुन २१ सम्म कुल २ लाख ९४ हजार कित्ता आइपीओ बिक्रि गरेको थियो। जस मध्ये सर्वसाधारणलाई २ लाख ७० हजार ४८० कित्ता छुट्याइएको थियो।आइपीओ बिक्रि तथा वितरण पश्चात आरम्भको चुक्ता पुंजी ३ करोड ८५ लाखबाट ५ करोड नाघ्नेछ। 

आइपीओको नतिजा केहि समयपछि बिजपाटि डटकममा प्रकाशित हुनेछ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर तनिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ आरम्भ माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेड (Aarambha Micro Finance Bittiya Sanstha Limited) भनेर छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ। 

नोट: पूर्ण नतिजा सार्वजनिक भएपछि मात्र तपाईले बिजपाटि डटकममा गएर आफुलाई आइपीओ परे नपरेको थाहा पाउन सक्नुहुन्छ।  पूर्ण नतिजा सार्वजनिक नहुँदा सम्म IPO Issuer Company मा आरम्भ माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडको नाम देखिने छैन । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved