दोहोरो अंकले बढेको बजारमा यी हुन् सर्बाधिक कमाउने र गुमाउने ५ कम्पनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 01:42:53 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १८.६९ अंकले बढेर १३१५.१३ को उचाईमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका १५८ कम्पनीका १० लाख ४७ हजार ४ सय ९४ कित्ता शेयर खरिद बिक्रिबाट ४२ करोड ६८ लाख २१ हजार १ सय १८ रुपियाँको कारोबार भएको छ । 

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै बह्न्दा धेरै २ करोड ७८ लाख रुपियाँको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नागरिक लगानी कोष रहेका छन् । 

आज कारोबारमा आएका उत्पादन समुह बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज सुर्योदय लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन डिस्टिलरीको शेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ। त्यस्तै वोमी माइक्रोफाइनान्सको शेयर मूल्य ९.७४ प्रतिशत, रिडी हाइड्रोको ८.६६ प्रतिशत ग्लोबल आईएमई लघुवित्तको ७.९३ प्रतिशत बढेको छ । 

आज भार्गव विकास बैंकको शेयर मूल्य ४.२४ प्रतिशत ,मिर्मिरे माइक्रोफाइनान्सको २.४१ प्रतिशत, नागबेली लघुवित्तको २.२२ प्रतिशत, युनिलिभर नेपालको २ प्रतिशत तथा तिनाउ विकास बैंकको शेयर मूल्य १.९८ प्रतिशत घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved