पञ्चकन्या माई हाइड्रोपावरले स्थानीयको लागि निष्काशन गरेको आईपिओ बाँडफांड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 04:06:36 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले स्थानीयको लागि निष्काशन गरेको आईपिओ आज बाँडफांड भएको छ  ।  सनराइज क्यापिटल लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको संयुक्त निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हाइड्रोपावर लिमिटेडकोे रु.१००।— अङ्कित दरको ११,००,००० कित्ता शेयर (प्रत्यक्ष प्रभावित सन्दकपुर गाउंपालिकाका बासिन्दाहरुको लागि ६०% अर्थात ६,६०,००० कित्ता र इलाम नगरपालिकाका बासिन्दाहरुको लागि ४०% अर्थात ४,४०,००० कित्ता) को मिति २०७४ माघ ०५ गते देखि मिति २०७४ माघ २३ गते सम्म उद्योग प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाहरुको निष्काशन भएको थियो  ।  जसबाट लागि   १५,४७८ जना आवेदकहरुबाट ५२,१९,५८० कित्ता साधारण शेयरको लागि आवेदन परेको थियो  । 

आज  सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौमा नियमन निकायको प्रतिनिधिहरु, निष्काशन कम्पनी र निष्काशन तथा बिक्रीप्रबन्धकहरुको उपस्थितिमा एक समारोह बीच शेयर बाँडफाँड कार्य सम्पन्न भई प्रत्यक्ष प्रभावित सन्दकपुर गाउंपालिकाको ६,३३५ जना बासिन्दाहरुबाट माग भएको २४,९९,६८० कित्ता शेयरहरु मध्ये २० कित्ता देखी १३० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेकहरुलाई माग बमोजिम र १४० देखि ५,५०० कित्ता माग गर्ने ३,२६९ आवेदकहरु मध्ये २,३८२ जनालाई १४० कित्ता र बांकिलाई १३० कित्ता शेयर बांडफांड गरिएको क्यापिटलले जनाएको छ  ।

साथै इलाम नगरपालिकाकोे ९,१४३ जना बासिन्दाहरुबाट माग भएको २७,१९,९०० कित्ता शेयरहरु मध्ये २० कित्ता देखी ५० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेकहरुलाई माग बमोजिम र ६० कित्ता देखि ५,५०० कित्ता माग गर्ने ६,१३७ आवेदकहरु मध्ये ६२४ जनालाई ६० कित्ता र बांकिलाई ५० कित्ता शेयर बांडफांड गरिएको पनि क्यापिटलले जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved