प्राइम लाइफको १६० प्रतिशत हकप्रद बिक्रीमा, कहाँबाट भर्ने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 07:23:47 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स कम्पनिको हकप्रद आजदेखि बिक्रि खुला भएको छ। इन्स्योरेन्सले १०० बराबर ११६ कित्ता शेयर अर्थात १६० प्रतिशतका दरले आजदेखि (फागुन २७) बैशाख २ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

हकप्रद प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ मा बुक क्लोज गरेकाले फागुन १६ सम्म कायम शेयरधनिहरुले मात्र हकप्रद भर्न पाउनेछन। इन्स्योरेन्सले ९७ करोड ६३ लाख रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद बिक्रिमा राखेको हो। 

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ। नेपाल धितोपत्र बोर्डले गत माघ २८ मा मात्रै हकप्रद बिक्रिको प्रस्ताब अनुमोदन गरेको हो। 

फागुन १६ सम्म कायम इच्छुक शेयरधनिहरुले सिद्दार्थ क्यापिटल, नक्साल, काठमाडौं, सिद्दार्थ बैंक र प्राइम इन्स्योरेन्सका तोकिएका शाखा कार्यालय मार्फत हकप्रद भर्न सक्नेछन। त्यस्तै नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा इजाजत प्राप्त बैंक वित्तीय संस्था तथा तिनका शाखा कार्यलय र अनलाइन मार्फत समेत हकप्रद भर्न सक्नेछन। 

१६० प्रतिशत हकप्रद र १२.५० प्रतिशत बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ६१ करोड २ लाखबाट १ अर्ब ७८ करोड पुग्नेछ। विमा समितिले तोकेको चुक्ता पुंजी २ अर्ब पुर्याउन प्राइम लाइफले २२ करोडले चुक्ता पुंजी वृद्धि गर्नुपर्नेछ। इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ११ करोड ५१ लाख खुद मुनाफा आर्जन गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved