ओमको लाभांश पारित, कर तिर्ने झन्झट शेयरधनीलाई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 07:42:31 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताब पारित भएको छ। बैंकको ११ औं बार्षिक साधारण सभाले संचालक समितिको १७.६९ प्रतिशत लाभांश प्र्स्ताब पारित गरेको हो।

साधारणसभा प्रयोजनार्थ फागुन ११ गतेका बुक क्लोज भएकाले फागुन १० सम्म कायम शेयरधनीहरुले मात्र बैंकले गत आर्थिक बर्षको कमाईबाट घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन। यद्दपी बोनसमा लाग्ने कर भने स्वयम शेयरधनिले तिर्नुपर्नेछ। 

लाभांश पारित भएसंगै बैंकको चुक्ता पुंजी २ करोड १३ लाखबाट २ अर्ब ५१ करोड पुगेको छ। बैंकले गत आर्थिक बर्ष १५ करोड ३ लाख खुद मुनाफा आर्जन गरेको छ। ओमले ५२ शाखा कार्यालय र ११ एटिएम मार्फत आफ्ना २ लाख ३१ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

बैंकको साधारणसभाले संचालक समितिमा ६ सदस्य चयन गरेको छ। संस्थापक शेयरधनिको तर्फबाट ३ जना र सर्वसाधारणबाट ३ गरि संचालक सदस्यमा ६ जना नियुक्त गरेको हो। साथै संचालक समितिको बैठकले सुनिल कुमार गोशेलीलाई बैंकको अध्यक्षमा नियुक्त गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved