शेयरधनीलाई २ महिनाभित्रै आईडी कार्ड दिएर अर्को चमत्कार गर्दै सीडीएस, के हुन्छ सुबिधा ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 10:03:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आइपीओ निष्काशन बन्द भएको डेढ दिनमै शेयर बाँडबाँड गरेर शेयरबजारलाई नयाँ युगमा प्रवेश गराएको सिडीएससीले अब केहि महिना भित्रै 'डिजिटल' परिचयपत्र वितरण गर्ने तयारि थालेको छ। 

सिडीएससीका प्रवक्ता सुरेश न्यौपानेले शेयर लगानीकर्ताहरुलाई परिचयपत्र वितरण गर्ने तयारि अन्तर्गत सफ्टवेयर निर्माण कार्य अन्तिम चरणमा पु्गेको जानकारी दिए। 'शेयर लगानीकर्तालाई परिचयपत्र उपलब्ध गराउन सफ्टवेयर निर्माण भईरहेको छ, अबको दुई महिनामा नै लगानीकर्तालाई आइडी कार्ड उपलब्ध गराउने छौं' प्रवक्ता न्यौपानेले बिजपाटिलाई बताए।

उनका अनुसार सफ्टवेयर निर्माण कार्य अन्तिम चरणमा पुगेपनि यसको कार्यन्वयन मोडालिटी कस्तो हुने भन्ने सम्बन्धमा छलफल जारि छ। सीडीएसले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, शेयर दलाल, सरोकारवाला तथा अन्य निकायबाट पनि राय सुझाब संकलन गरिरहेको प्रवक्ता न्यौपानेले बताए। 

परिचयपत्र वितरण पश्चात शेयर लगानीकर्ताको यकिन संख्या पत्ता लाग्ने र त्यसले शेयरबजारलाई प्राविधिक रुपमा नयाँ उचाईमा पुर्याउने सिडीएससीको बिश्वास छ। 'परिचयपत्रले लगानीकर्तालाई सहजता मात्र प्रदान गर्ने छैन, नियामकलाई डाटाबेस तयार पार्न समेत सहयोग मिल्नेछ' प्रवक्ता न्यौपानेले बताए।  

परिचय पत्र भएपछी लगानीकर्ताले एकै नम्बरबाट जुनै ब्रोकर मार्फत पनि शेयर कारोबार गर्न सक्नेछन। सार्वजनिक निष्काशनको क्रममा लागू भएको एकीकृत प्रणाली (सी-आस्बा) झैं परिचयपत्रले पनि शेयरबजारमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ। परिचयपत्रले समयको बचत हुने र जानकारी प्राप्तका लागि पनि सहयोगी हुने बिस्वाश गरिएको छ। 

परिपचयपत्रका लागि शुल्क लाग्ने नलाग्ने बारे अहिलेपनि छलफल जारि रहेकाले के कति शुल्क लाग्छ भन्ने बारे केहि भन्न नसकिने प्रवक्ता न्यौपानेले बताए।  

तस्विरमा देखाइएको परिचयपत्र सांकेतिक मात्र हो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved