नेप्सेमा ८ कम्पनीका १ करोड कित्ता बढी शेयर सुचिकृत, हेर्नुस कसको कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2018 | 11:04:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा ८ कम्पनीका १ करोड बढी कित्ता शेयर सुचिकृत भएका छन् । आज ८ कम्पनीका १ करोड ३ लाख ४२ हजार ४ सय २३ दशमलव ०८ कित्ता शेयर सुचिकृत भएका हुन्

हेर्नुस कसको कति शेयर भए सुचिकृत ?

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको १० लाख ९१ हजार २ सय ४९ दशमलव ३१  कित्ता बोनस शेयर ।

कैलाश विकास बैंकको २२ लाख ९१ हजार ४ सय ८८ कित्ता बोनस शेयर ।

ग्लोबल आईएमई लघुवित्तको १ लाख १३ हजार कित्ता बोनस शेयर ।

स्वरोजगार लघुवित्तको १ लाख ७४ हजार ९ सय ९६ दशमलव ८० कित्ता बोनस शेयर ।

बरुण हाइड्रोको १ लाख २१ हजार ५ सय कित्ता बोनस शेयर 

एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ५८ हजार ३ सय २ दशमलव २५ कित्ता बोनस शेयर 

चिलिमे हाइड्रोको ५१ लाख ७१ हजार ८ सय ८६ दशमलव ७२ कित्ता बोनस शेयर 

लक्ष्मी लघुवित्तको २ लाख २० हजार कित्ता बोनस शेयर 

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर किनबेच गर्न सकने छन् र ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved