गण्डकी विकास बैंकले गर्यो लाभांश घोषणा, कति दिने भयो बोनस ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2018 | 11:37:22 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शनिवार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लिलाम मार्फत हकप्रद शेयर सकार्नेले समेत पाउने गरी १९.३१ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।

बैंकले  १९.३१ प्रतिशतले हुने ४४ करोड ५० लाख ९२ हजार बराबरको बोनस प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट बैंकले पारित गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

फेवा विकास बैंकलाई गाभेको गण्डकी विकास बैंकले  २५ प्रतिशत हकप्रद बिक्री गरेको थियो । हकप्रदपछि बैंकको  चुक्ता पूँजी २ अर्ब ३० करोड ४९ लाख पुगेको छ । प्रस्तावित १९.३१ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुंजी दुई अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved