नेप्सेमा भारी गिरावट, एनआईसी एशियाको डेढ करोडको कारोबार, १४० कम्पनीको शेयर मूल्य घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2018 | 01:32:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज बजार परिसूचक नेप्से भारी अंकले गिरावट आएको छ । आज नेप्से सूचक ३१.०४ अंकले घटेर १२८४.०९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६० कम्पनीका ७ लाख ६३ हजार ५ सय ९१ कित्ता शेयर खरिद बिक्रि बिक्रि बाट ३२ करोड ५१ लाख ९ हजार २ सय ५४ रुपियाँको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै २ करोड ५२ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया , नबिल बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन् ।

आज ८ कम्पनी बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ  । आज सिद्दार्थ ईक्विटि फण्डका लगानीकर्ताले २.९८ प्रतिशत तथा खानी खोला हाइड्रोका लगानीकर्ताले २.२६ प्रतिशत कमाएका छन्  ।

आज ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य सर्बाधिक ९.३८ प्रतिशतले घटेको छ भने नेपाल इन्स्योरेन्सको शेयर मूल्य ९.३३ प्रतिशतले घटेको छ  । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्  ।

 नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबिच देखिएको ब्याजदरको किचलो र यसले लगानीकर्तामा ल्याएको अन्योलताको असर असर सेयर बजारमा देखिएको हो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved