बिजपाटी सम्बाददाता     Mar 12, 2018



ruslan ruslan

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले हकप्रदमा अवितरित शेयर आज फागुन २८ गतेदेखि लिलाम बढाबढमा बिक्रि गर्दै छ । कम्पनीले गत पुष १६ गतेदेखि माघ २१ गतेसम्म ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो ।

हकप्रदमा अवितरित  १२ हजार ५०३ कित्ता सेयरको आजदेखि लिलामी खुलेको हो ।  लिलामीको सेयरमा फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सय रुपैयाँ भन्दा माथि न्यूनतम सय कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल यो कम्पनीको दोस्रो बजारमा सेयरमूल्य ६७० रुपैयाँ रहेको छ । एनआईसी एशिया क्यापिटल कम्पनीको विक्री प्रबन्धक रहेको छ । 

Share your thoughts!











Close in 7