नेप्सेमा गिरावट जारी, एभरेस्ट बैंकको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2018 | 02:06:31 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार पनि बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ७.०८ अंकले घटेर १२७७.०१ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १५४ कम्पनीका ७ लाख ७० हजार ४ सय ९८ कित्ता शेयर खरिद बिक्रिबाट ३१ करोड ३१ लाख ६५ हजार ९ सय १६ रुपियाँको कारोबार भएको छ । 

आज एभरेस्ट बैंकको सबै भन्दा धेरै १ करोड ५२ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया, नेपाल इन्भेस्ट बैंक, नेपाल टेलिकम लगायत रहेका छन् । 

आज कारोबारमा आएका उत्पदन बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

आज शाग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ७.०२ प्रतिशत कमाएका छन् भने काबेली विकास बैंकका लगानीकर्ताले सर्बाधिक ५.३३ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved