सामान्य अंकले बढ्यो नेप्से, जनता बैंक र सोल्टी होटेलको सबै भन्दा धेरै शेयर किनबेच

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2018 | 01:23:57 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ४.८९ अंकले बढेर १२८१.९० को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५६ कम्पनीका ५ लाख ५५ हजार ७ सय २२ कम्पनीका २३ करोड ७० लाख ३० हजार ३ सय ८७ रुपियाँको कारोबार भएको छ । 

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै २ करोड २१ लाख रुपियाँ बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, युनिलिभर नेपाल, एभरेस्ट बैंक , नागरिक लगानी कोष लगायत रहेका छन् । 

आज कारोबारमा आएका बिमा , उत्पादन र माइक्रोफाइनान्स बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज जनता बैंकको सबै भन्दा धेरै शेयर किनबेच भएको छ । आज बैंकको ३५ हजार १ सय ८३ कित्ता शेयर किनबेच भएको हो । त्यस्तै सोल्टी होटेलको २१ हजार `१ सय ३१ कित्ता शेयर किनबेच भएको छ । 

आज श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सका लगानीकर्ता सर्बाधिक ७.१४ प्रतिशत तथा सोल्टी होटेलका लगानीकर्ताले ५.४९ प्रतिशत कमाएका छन् । त्यस्तै आज अरुण फाइनान्सका लगानीकर्ताले सर्बाधिक ४.८२ प्रतिशत र एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले ४.६१ प्रतिशत गुमाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved