उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले ४:१ को अनुपातमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
संचालक समितिले हाल कायम पुंजी ५ करोड ५० लाख को २५ प्रतिशतले हुन् आउने १ करोड ५० लाख ३७ हजार बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्ने कम्पनीले चैत्र २१ गते साधारणसभा डाकेको छ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेकाले चैत्र ६ गतेसम कायम शेयर धनीले साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन् ।
नेपाल स्टक एक्चेन्ज नेप्सेमा गत मंगलबारबाट मात्र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कारोबार सुरु भएको थियो । कम्पनीको कारोबार UMB कोडबाट भएको हो। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १६८.५९ देखि ५०६ सम्मको सुरुवाती मूल्य तोकेको थियो ।
माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमा ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामुहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको थियो।
हाल कम्पनको चुक्ता पुंजी ५ करोड ५० लाख रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ६ करोड ८७ लाख पुग्ने छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।