१८ करोडको मात्र कारोबार हुँदा यी हुन् सर्बाधिक कमाउने र गुमाउने ५ कम्पनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2018 | 01:28:01 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार बजार परिसूचक बढेको छ। आज नेप्से सूचक ४.०६ अंकले बढेर १२८५.९६ को उचाईमा पुगेको छ । आज कारोबारमा आएका १ सय ५६ कम्पनीका ६ लाख २३ हजार ८ सय ८५ कित्ता शेयर खरिद बिक्रिबाट १८ करोड ४५ लाख ९९ हजार १ सय १ रुपियाँको कारोबार भएको छ  ।

आज कारोबारमा आएका होटेल, फाइनान्स र उत्पादन बाहेकका सबै सूचक बढेका छन्। 

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै १ करोड ५ लाख बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा नबिल बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर, जनता बैंक लगायत रहेका छन्  ।

आज वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै ७.२७ प्रतिशत कमाएका छन्  । त्यस्तै आज सहयोगी विकास बैंकको शेयर मूल्य ६.४२ प्रतिशत, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.४७ प्रतिसत, हाम्रो विकास बैंकको ४.७९ प्रतिशत, अपि पावरको शेयर मूल्य ३.९० प्रतिशतले बढेको छ  ।

 आज नयाँ नेपाल लघुवित्तको शेयर मूल्य सर्बाधिक ३.८६ प्रतिशतले घटेको छ । त्यस्तै अन्य बढी गुमाउनेमा श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स (३.७५ प्रतिशत), सोल्टी होटेल (२.४ प्रतिशत), शांग्रिला डेभलपमेन्ट बैंक (२.२३ प्रतिशत), लक्ष्मी ईक्वीटी फण्ड (१.९७ प्रतिशत) रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved