नेको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2018 | 09:04:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्सको हकप्रद भर्ने आज चैत्र १ गते अन्तिम दिन रहेको छ  ।   इन्स्योरेन्सले  माघ २६ गतेदेखि २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो  । कम्पनीले  ३९ लाख २० हजार ९ सय २८ दशमलव ११ कित्ता हकप्रद निष्काशन गरेको हो  ।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । लगानीकर्ताले चैत्र १ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।  हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीको असोज १० गते बसेको २२ साधारणसभाले १० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी  ७१ करोड २८ लाख रहेकोमा ५० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved