एसियन लाइफ इन्स्योरेन्सको हकप्रद भर्नु भयो ? यस्तो छ कम्पनीले जारी गरेको सूचना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2018 | 09:19:19 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ ।  कम्पनीले १० बराबर ५ कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार कित्ता हकप्रद बिक्रि गरिरहेको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ। 

 हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ७ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत १८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले एनईबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, एसियन लाइफ इन्स्योरेन्सकाशाखा कार्यालयहरु र सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

हकप्रद बिक्रि तथा बितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब २१ करोड पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ८० करोड ५५ लाख छ। बिमा समितिले तोकेको चुक्ता पुंजी २ अर्ब पुर्याउन इन्स्योरेन्सले ७९ करोड पुंजी थप्नुपर्नेछ। इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। 

यस्तो छ इन्स्योरेन्सले जारि गरेको सूचना । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved