सिभिल बैंकको लिलामीमा कति पर्यो आवेदन ? कहिले खुल्छन् गोप्य सिल्ड टेण्डर ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2018 | 12:20:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले अवितरित हकप्रद शेयर लिलामको लागि आवेदन आह्वान गर्दा  परेका गोप्य सिल्ड टेण्डर आगामी मंगलबार खोलिने भएको छ ।  बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार चैत्र ६ गते मंगलबार बिहान ९: ३० बजे देखि बानेश्वरको हिरा प्यालेसमा गोप्य सिल्ड टेण्डरहरु खोलिने भएको हो ।

 बैंकले हकप्रद बिक्रि खुला गर्दा आबेदन नपरेका ४२ लाख ३८ हजार ९५८ कित्ता सेयर  फागुन २३ देखि चैत १ सम्म लिलाम मार्फत बिक्रि गरेको थियो । बैंकले लिलाममा राखेको शेयर मध्ये ३२ लाख ४४ हजार ६ सय दशमलव २५ कित्ता संस्थापक र ९ लाख ९२ हजार ८  सय १९  दशमलव ५० कित्ता साधारण शेयर थिए । 

बैंकले गत मङ्सिर २२ देखि माघ १२ गतेसम्म १०० बराबर ४० अर्थात ४० प्रतिशतका दरले २ अर्ब ७० करोड रुपैयाँ बराबरको २ करोड ७ लाख  कित्ता हकप्रद बिक्रि खुला गरेको थियो। जसमा करिब २०.४३ प्रतिशत शेयरमा आबेदन नपरेको हो। 

लक्ष्मी क्यापिटलका अनुसार लिलाममा करिब ३८ सय आवेदन परेका छन् ।  यी टेण्डर अब चैत्र ६ गते मंगलबार बिहान ९: ३० बजे देखि खोलिने छन् । सर्बाधिक मूल्य कबुल गर्नेले लिलामको शेयर पाउने छन् । 

 हाल बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख खुद नाफा गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved