नेपाल लाइफले कसरी गर्दैछ संस्थापक-सर्वसाधारण शेयर स्वामित्व परिवर्तन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2018 | 12:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामीत्व  परिर्वतन गर्ने बिशेष प्रस्ताव सहित साधारणसभा बोलाएको छ ।  कम्पनीले संस्थापक शेयरधनीको दश प्रतिशत सेयर साधारण सेयरमा परिणत गर्ने भएको हो । हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । अब कम्पनीले यसलाई परिर्वतन गरेर संस्थापकको ६० तथा साधारणको सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्न लागेको हो ।

कम्पनीको अठारौं बार्षिक साधारण सभा साधारणसभामा यो प्रस्ताव पेश हुने भएको हो  । कम्पनीले चैत्र २८ गते बुधबार होटल भिष्वा, विरगंज पर्सामा विहान साढे ९ बजे साधारण सभा बोलाएको छ ।

कतिपय लगानीकर्तामा कम्पनीले एफपिओ जारी गरेर शेयर स्वामित्व परिवर्तन गर्ने भ्रम रहेको भएपनि कम्पनीले एफपिओ भने जारि गर्ने छैन  । कम्पनीले परिवर्तन गर्नु पर्ने संस्थापक शेयरलाई रेसियो कायम गरी त्यसलाई नै साधारणशेयर कायम गर्ने भएको हो । यस अघि मेगा बैंक लगायतका कम्पनीले यहि प्रक्रियाबाट सेयर स्वमित्व प्रक्रिया गरेका थिए ।

साधारण सभाले कम्पनीले यस अघि प्रस्ताव गरेको  ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत्र १४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ  । जस अनुसार चैत्र १३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । 

 हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । प्रस्तावित बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved