कामना सेवा विकास बैंकको हकप्रद भर्नु भयो ?आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 08:05:12 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकको हकप्रद भर्ने आज चैत्र ५ गते अन्तिम दिन रहेको छ ।  बैंकले माघ १५ गतेदेखि  १०० बराबर १५ कित्ता शेयर अर्थात १५ प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो। बैंकले यस अघि आज फागुन २० गतेसम्म हकप्रद भर्न सकिने बताएको भएपनि अब म्याद थप गरी आज चैत्र ५ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो  । 

हकप्रद बिक्रि प्रयोजनार्थ बैंकले माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेकाले माघ २ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन। बैंकले  ३० करोड ९४ लाख बराबरको ३० लाख ९४ हजार १ सय ५४ दशमलव ७७ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल बिक्रि रहेको छ ।

माघ २ गतेसम्म कायम इच्छुक शेयरधनीहरुले एनएमबि क्यापिटलको कार्यालय  नक्साल, र एनएमबि बैंकका उपत्यका भित्रका चाबहिल, कलंकी, तिनकुने, महाराजगन्ज, काठमाडौँ , लुभी , ठईब, पुल्चोक कुमारी पाटी , ललितपुर, सुर्यबिनायाक, भक्तपुर शाखा बाट आवेदन दिन सक्ने छन् । 

त्यस्तै एनएमबि बैंकका उपत्यका बाहिरका तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेन्द्र पथ धरान, रंगेली रोड , बिराटनगर, ,. सुर्खेत रोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्युरोड पोखरा, आदर्शनगर बिरगंज, भानुचोक जनाकरपुर, नारायणगढ चितवन र बिर्तामोड झापा बाट आवेदन दिन सक्ने छन् । त्यस्तै कामना सेवा बैंकको शाखाबाट पनि हकप्रद भर्न सकिने छ।

१५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३६ करोड पुग्नेछ। हाल हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५ करोड छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा  १३ करोड ६१ लाख  खुद मुनाफा आर्जन गरेको छ।   

कामना सेवामा देखियो प्रगतिको छनक,नाफा ३५ प्रतिशतले बढ्दा सेयरमा लगानी कति उचित ? 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved