सान्जेन र रसुवागढीको दोस्रो चरणको आईपिओ खुल्यो, हेर्नुस कसलाई कति ? कहाँबाट भर्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 08:27:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सान्जेन जलविद्युत कम्पनी लिमिटेड र रसुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आज चैत्र ५ गतेदेखि दोस्रो चरणको आईपिओ बिक्रि खुला गरेका छन् । 

कुनको कति कित्ता ?

सान्जेनले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाका कर्मचारीहरुलाई कुल १२ लाख ७७ हजार ५०० कित्ता र रसुवागढीले २३ लाख ९४ हजार ७३५ कित्ता सेयर बिक्री खुला गरेको हो ।

यस्तै, सञ्चय कोषका कर्मचारीलाई सान्जेनले ३ लाख ६५ हजार र रसुवागढीले ६ लाख ८४ हजार २१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कसले दिन पाउछ आवेदन ?

आजबाट बिक्रि खुला गरिएको शेयरमा नेपाल बिद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी, रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारी र कर्मचारी संचय कोषका कर्मचारीले आवेदन दिन पाउने छन् ।

कति दिन पाइन्छ आवेदन ? 

 नेपाल बिद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी, रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीले सान्जेंन तर्फ न्युनतम ५० देखि अधिकतम ३ सय कित्ताको लागि आवेदन दिन सक्ने छन भने रसुवागढी तर्फ न्यूनतंम ५० देखि अधिकतम ५ सय कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन् । 

त्यस्तै कर्मचारी संचय कोषका कर्मचारीले सान्जेनतर्फ न्यूनतंम ५० कित्ता देखि अधिकतम १ हजार कित्ता र रसुवागढीतर्फ न्यूनतम ५० देखि अधिकतम २५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

यस निष्काशनमा चैत्र १३ गतेसम्म आवेदन दिन सकिने छ ।

को हो बिक्रि प्रबन्धक ?

सान्जेनको बिक्री प्रबन्धक नागरीक लगानी कोष तथा रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ता आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

यी आयोजनाले निश्चित बर्गका लागि आइपीओ जारि गर्न लागेको हुँदा योग्यता प्रमाणित गर्न सजिलोका लागि परिचयपत्र हेर्नुपर्ने सम्बन्धित आयोजना प्रमुखहरूले जानकारी दिएका छन। 

त्यस्तै आइपीओमा आबेदन भर्न अनिवार्य रूपमा डिम्याट खाता नम्बर उल्लेख गर्नुपर्ने र सी–आस्बा प्रणालीमार्फत आवेदन गर्नुपर्ने व्यवस्था गरिएको  छ। यसका लागि आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणाली मार्फत आबेदन दिन सक्नेछन। आबेदकले अनिवार्य रुपमा सी–आस्बा सेवा प्रदान गर्ने बैङ्क तथा वित्तीय संस्थाबाट सेयरमा फारम भर्नु पर्नेछ ।

यी दुवै कम्पनीले यसअघि फागुन ११ देखि ३० गतेसम्म सञ्चय कोषका सञ्चयकर्तालाई भने आइपिओ बिक्री गरिसकेका छन् ।

सञ्चय कोषको सञ्चयकर्ताका रूपमा शेयर परेका व्यक्तिले कर्मचारी वा स्थानीय बासिन्दाका रूपमा शेयर आवेदन दिन नपाइने बिक्रि प्रबन्धकले जनाएका छन। 

हालसम्म रसुवागढीको करीब ६० प्रतिशत, साञ्जेनको ५८ प्रतिशत र माथिल्लो साञ्जेनको ६८ प्रतिशत कम सकिएको सम्बन्धित कम्पनीका आयोजना प्रमुखहरूको भनाई छ। 

रसुवागढीले २०७६ पुस १५ देखि विद्युत् उत्पादन शुरू गर्ने कम्पनीले जनाएको छ। त्यसैगरी साञ्जेनले २०१९ को जुलाई र माथिल्लो साञ्जेनले २०१९ को अप्रिलदेखि विद्युत् उत्पादन गर्ने जनाइएको छ। दुवै परियोजनाको प्रति मेवा लागत १५ करोड ननाघ्ने बिद्युत प्राधिकरणको भनाई छ। दुवै सान्जेन र रसुवागढी आयोजना आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा अघि बढाइएका हुन। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved