बाणिज्य बैंकबीच सहायक कम्पनि खोल्ने प्रतिस्पर्धा, दुईले पाए मर्चेन्ट बैंक संचालनको अनुमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 19, 2018 | 08:11:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्चेन्ट बैंकरको व्यवसायमा कमि आएपनि बाणिज्य बैंकहरुबीच मर्चेन्ट बैंक खोल्ने प्रतिस्पर्धा बढेको छ। आधा दर्जन बढी संस्थाहरु मर्चेन्ट बैंक संचालन अनुमतिको पर्खाईमा रहंदा शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको काम गर्न थप तीन बाणिज्य बैंकले नयाँ कम्पनि खोल्न लागेका हुन। 

नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार जनता, कुमारी र नेपाल बंगलादेश बैंकले मर्चेन्ट बैंक स्थापना संचालनको अनुमति माग्दै धितोपत्र बोर्डमा निबेदन दिएका छन। सेन्चुरी बैंक सहित आधा दर्जन बढी संस्थाहरुले यस अघि नै मर्चेन्ट बैंक खोल्ने अनुमति माग्दै बोर्डमा आबेदन दिसकेका छन। 

बोर्डका सहप्रवक्ता निरंजय घिमिरेका अनुसार जनता बैंकले जनता मर्चेन्ट, कुमारीले कुमारी मर्चेन्ट र नेपाल बंगलादेशले नेपाल बंगलादेश मर्चेन्ट नामको मर्चेन्ट बैंक खोल्ने अनुमतिका लागि निबेदन दिएका छन। त्यस्तै सेन्चुरीले यस अघि नै सेन्चुरी मर्चेन्ट बैंक खोल्नका लागि निबेदन पेश गरेको छ। 

वेल्थ म्यानेजमेन्ट क्यापिटल र आस्क म्यानेजमेन्ट क्यापिटलले हालै मात्र संचालन अनुमति पाएका छन। यी दुवै मर्चेन्ट बैंकले संचालन अनुमति पत्रको पर्खाईमा छन। त्यस्तै सम्पन्न क्यापिटलको कागजपत्र अध्ययनकै क्रममा रहेको छ। वेल्थ र आस्क म्यानेजमेन्टले संचालन अनुमति पाएसंगै मर्चेन्ट बैंकको संख्या २५ पुगेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved