दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2018 | 09:20:44 AM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्ने तयारी सुरु गरेको छ। कम्पनीले आईपिओ निष्काशन सम्बन्धि प्रस्ताव राखेर चैत २८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजान लागेको हो  ।

 कम्पनीले लम्जुङमा १२ मेगावाटको दोर्दीखोला आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी छ । आयोजना आउदो डेढ वर्षमा सम्पन्न हुने लक्ष्य कम्पनीको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved