सेन्ट्रल फाइनान्सले गर्यो हकप्रदले समेत पाउने गरी लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2018 | 10:48:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्सले गतबर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ  । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले हकप्रदले समेत पाउने गरी ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो  ।

फाइनान्सले गत पुस २३ गतेदेखि फागुन १३ गतेसम्म चुक्ता पूँजी ५२ करोड ६ लाख को ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

कम्पनीले हालसालै बिक्री गरेको ५० प्रतिशत हकप्रदले समेत पाउनेगरी  ६ करोड ६३ लाख ८४ हजार ५०९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै बैठकले बोनसमा लाग्ने कर प्रयोजनको लागि ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि  लगानीकर्तामा वितरण हुने छ । हकप्रद र प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पूँजी ८४ करोड ७३ लाख नाघ्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved