सिभिल बैंकको १४८ रुपैयाँको सेयरलाई १८० रुपैयाँसम्मको बोली, कट अफ मुल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 20, 2018 | 02:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकको लिलामको शेयरको बोलपत्र खोल्ने क्रम जारि रहेको छ। बैंकको बिक्रि प्रबन्धक तथा सेयर निष्काशनकर्ता लक्ष्मी क्यापिटल कार्यालयमा लिलामको शेयरको बोलपत्र खोल्ने क्रम जारि रहेको छ। 

बैंकले लिलाममा राखेको साधारण तर्फको शेयरमा करिब ४ हजार ४० आबेदन परेको छ भने संस्थागततर्फको शेयरमा ३ वटा आबेदन परेको छ। पछिल्लो अपडेट अनुसार कुल आबेदन मध्ये झन्डै दुई हजार बोलपत्र खोल्ने काम सकिएको छ। 

प्रारम्भिक नतिजा अनुसार सिभिल बैंकको लिलामको शेयरमा प्रतिकित्ता १०० रुपैयाँदेखि १८० रुपैयाँमा आबेदन परेको छ। दोस्रो बजारमा चैत ६ गतेको कारोबार अनुसार सिभिल बैंकको शेयर प्रति कित्ता १४८ रुपैयाँमा कारोबार भएको छ। 

अधिकांश बोलकबोल दाताले प्रति कित्ता १२४ रुपैयाँदेखि १३५ रुपैयाँको रेन्जमा सिभिल बैंकको साधारण सेयरमा आबेदन दिएका छन। आबेदन संख्या धेरै भएकाले बेलुकासम्म अन्तिम नतिजा आइपुग्ने क्यापिटलले जनाएको छ। बोलकबोल दाताको कबोल मुल्यमा धेरै फरक भएकाले अन्तिम नतिजा नआउँदासम्म कट अफ मुल्य कति हुन्छ भनेर अनुमान लगाउन गाह्रो हुने क्यापिटलले जनाएको छ। 

सिभिलले ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा अवितरित ४२ लाख ३८ हजार ९५८ कित्ता सेयर  फागुन २३ देखि चैत १ सम्म लिलाम मार्फत बिक्रि गरेको थियो । बैंकले लिलाममा राखेको शेयर मध्ये ३२ लाख ४४ हजार ६ सय दशमलव २५ कित्ता संस्थापक र ९ लाख ९२ हजार ८  सय १९  दशमलव ५० कित्ता साधारण शेयर थिए ।

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख खुद नाफा गरेको थियो।           


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved