नेप्सेमा दोहोरो अंकको गिरावट , नेपाल लाइफको कारोबार उच्च , १३९ कम्पनीको मूल्य घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2018 | 03:56:46 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार पनि बजार परिसूचक नेप्से घटेको छ  । आज नेप्से सूचक १५.०५ अंकले घटेर १२५५.४७ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १५९ कम्पनीका ९ लाख ६२ हजार ९ सय ५२ कित्ता शेयर खरिद बिक्रिबाट ३२ करोड ८९ लाख १६ हजार ४ सय ३९ रुपियाँको कारोबार भएको छ  ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै २ करोड ६८ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, एनसीसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंक लगायत रहेका छन्  ।

आज कारोबारमा आएका होटेल समुह बाहेकका सबै समुहगत सूचक घटेका छन्  । 

आज स्वदेशी लघुवित्तका लगानीकर्ताले सर्बाधिक ४.९२ प्रतिशत कमाएका छन् भने महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक  ६ प्रतिशत गुमाएका छन्  ।

आज १३९ कम्पनीको शेयर मूल्य घटेको  छ   ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved