प्रिमियर इन्स्योरेन्सप्रति लगानीकर्ता असन्तुष्ट, भावनामाथि खेलवाड गरेको आरोप

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 20, 2018 | 04:29:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्सको बुक क्लोजले लगानीकर्ताले असन्तुष्टि जनाएका छन। इन्स्योरेन्सले गत माघ १८ गते बाँडफाँड गरेको एफपीओ सुचिकृत नगरी साधारणसभा प्रयोजनार्थ बुक क्लोज मिति घोषणा गरेकाले लगानीकर्ताले असन्तुष्टि जनाएका छन।

एफपीओमा प्राप्त शेयर किनबेच गर्ने अवसर नै नदिएर प्रिमियरले लगानीकर्ताको भावनामाथि खेलवाड गरेको लगानीकर्ताको आरोप छ। 'एफपीओ सुचिकृत नगरी साधारणसभाका लागि बुक क्लोज गर्नु गैर कानुनी नहोला, तर नितिसंगत पनि त होइन' बिजपाटिसंगको कुराकानीमा असन्तुष्टि पोख्दै एक लगानीकर्ताले भने। 

एफपीओले समेत पाउनेगरि बोनस सेयर घोषणा भएकाले बोनस लिन नचाहनेलाई एफपीओमा प्राप्त शेयर बेच्न नदिएर कम्पनिले शेयरधनिको मर्म नबुझेको लगानीकर्ताको गुनासो छ। 

तर शेयरबजारका जानकारहरु भने प्रिमियरको यस्तो घोषणालाई भने सामान्य भनेका छन। 'एफपीओलाई सुचिकृत गराएर साधारणसभाका लागि बुक क्लोज गरेको भए लगानीकर्तामा विकल्प हुन्थ्यो, त्यो विकल्पनै नदिएकाले असन्तुष्टि बढेको हो, तर यसलाई गैर कानुनि भन्न मिल्दैन' शेयरबजारका एक जानकारले भने। 

कम्पनिले पुस १६ गतेदेखि पुस १९ गतेसम्म बिक्रि गरेको ६ लाख ५९ हजार कित्ता एफपीओ गत माघ १८ मा बाँडफाँड गरेको थियो। बाँडफाँड भएको झन्डै डेढ महिना हुँदा पनि कम्पनिको एफपीओमा नेप्सेमा सुचिकृत भएको छैन।  

गत आर्थिक बर्षको कमाईबाट १३.५२ प्रतिशत बोनस सेयर दिने लगायतका प्रस्ताब राखेर प्रिमियरले यहि चैत २६ गते बार्षिक साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनार्थ प्रिमियरले चैत ८ देखि चैत २६ सम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। चैत ७ सम्म कायम शेयरधनिहरुले मात्र इन्स्योरेन्सको साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न पाउनेछन।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved