के तपाईलाई 'मेरो सेयर' चलाउन वा अनलाइनबाट आबेदन भर्न आउँदैन ? नेपाली भाषाको यो भिडियो हेर्नुस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 20, 2018 | 08:11:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले 'सी आश्वा' प्रणाली पूर्ण रुपमा लागू गरिसकेपछि पनि अनलाइन मार्फत सार्वजनिक निष्काशनको शेयरमा आबेदन भर्ने प्रक्रिया बारे लगानीकर्ता अझै अन्यौल रहेको पाइएको छ।

सी आश्वा प्रणाली लागू भएपछि लगानीकर्तासंग बैंक वित्तीय संस्थामा गएर सार्वजनिक निष्काशनमा आबेदन दिने वा अनलाइन मार्फत आबेदन भर्ने भन्ने बिकल्प छ। केहि लगानीकर्ताले समयको बचत गर्दै अनलाइन मार्फत सार्वजनिक निष्काशनका शेयरमा आबेदन भर्न 'मेरो शेयर' लिएका छन। तर आबेदन भर्ने प्रक्रियाबारे पूर्ण जानकारी नहुँदा अझै पनि उनीहरु सम्बन्धित बैंक गएर आबेदन भर्न बाध्य छन। 

लगानीकर्ताको यहि अन्यौलतालाई चिरेर सहज ढंगबाट 'मेरो शेयर' मार्फत सार्वजनीक निष्काशनको शेयरमा आबेदन भर्न सघाउनका लागि  सिद्दार्थ क्यापिटलले नेपाली भाषामा नै 'मेरो सेयर' आवेदन प्रक्रियाको भिडियो ल्याएको छ।  

यही भिडियो मार्फत लगानीकर्ताले अनलाईनबाट मेरो शेयर मार्फत सेयर आवेदन भर्न सिक्ने अपेक्षा गरिएको छ। यो भिडियो हेरीसकेपछि लगानिकर्ताले मेरो शेयर मार्फत घरमा वा कार्यालयमा बसेर सार्वजनिक निष्काशनका हकप्रद सेयर, साधारण सेयर, एफपीओको सेयरका लागि आवेदन भर्न जान्नेछन। साथै अनलाईनबाट आफ्नो सेयरबारे जानकारी लिन र आफ्नो सेयर एकाउन्ट कसरी चलाउने भन्ने बारे समेत ज्ञान प्राप्त गर्नेछन। 

हेर्नुस भिडियो


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved