सकियो सिभिल बैंकको लिलामीको सेयर बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 20, 2018 | 11:01:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकको लिलामको शेयरको बोलपत्र खोलिएको छ। बैंकको बिक्रि प्रबन्धक तथा सेयर निष्काशनकर्ता लक्ष्मी क्यापिटल कार्यालयमा मंगलबार बिहानदेखि खोलिएको लिलाम शेयरको बोलपत्रको प्रारम्भिक नतिजा प्राप्त भएको छ।  

बैंकले लिलाममा राखेको साधारण तर्फको शेयरमा करिब ४ हजार ४ सय आबेदन परेको छ भने संस्थागततर्फको शेयरमा ९ वटा आबेदन परेको छ। प्रारम्भिक नतिजा अनुसार लिलाममा राखिएको साधारण तर्फको शेयरको कट अफ मुल्य प्रति कित्ता १३३ कायम भएको छ। अन्तिम नतिजा आउँदा सम्म यो मुल्यमा केहि तलमाथि हुन सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ।  

सिभिल बैंकको साधारणतर्फको लिलामिको शेयरमा प्रतिकित्ता १०० रुपैयाँदेखि १८० रुपैयाँमा आबेदन परेको छ। दोस्रो बजारमा चैत ६ गतेको कारोबार अनुसार सिभिल बैंकको शेयर प्रति कित्ता १४८ रुपैयाँमा कारोबार भएको छ। 

अधिकांश बोलकबोल दाताले प्रति कित्ता १२४ रुपैयाँदेखि १३५ रुपैयाँको रेन्जमा सिभिल बैंकको साधारण सेयरमा आबेदन दिएका छन। लिलाममा राखिएको ३२ लाख ४४ हजार संस्थापक शेयरमा ९ आबेदनबाट १ लाख २३ हजार कित्ता मात्र माग गरेका छन। नबिकेको संस्थापक शेयर बैंकले पुन लिलाम मार्फत बिक्रि गर्नेछ। यस पटक संस्थापक शेयरधनीले मात्र आबेदन दिन पाएपनि अब लिलाममा राख्दा संस्थापक शेयरमा सर्वसाधारण र संस्थाले समेत शेयरमा बोलि लगाउन पाउनेछन। 

सिभिलले ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा अवितरित ४२ लाख ३८ हजार ९५८ कित्ता सेयर  फागुन २३ देखि चैत १ सम्म लिलाम मार्फत बिक्रि गरेको थियो । बैंकले लिलाममा राखेको शेयर मध्ये ३२ लाख ४४ हजार ६ सय दशमलव २५ कित्ता संस्थापक र ९ लाख ९२ हजार ८  सय १९  दशमलव ५० कित्ता साधारण शेयर थिए ।

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख खुद नाफा गरेको थियो।           

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved