नेपाल लाइफले यसरी गर्दैछ शेयर स्वामित्व परिवर्तन, कति कित्ता संस्थापक शेयर हुनेछन् साधारण ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 21, 2018 | 11:25:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामीत्व  परिर्वतन गर्ने बिशेष प्रस्ताव सहित साधारणसभा बोलाएको छ ।  कम्पनीले संस्थापक शेयरधनीको दश प्रतिशत सेयर साधारण सेयरमा परिणत गर्ने भएको हो । हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । अब कम्पनीले यसलाई परिर्वतन गरेर संस्थापकको ६० तथा साधारणको सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्न लागेको हो ।

कम्पनीको अठारौं बार्षिक साधारण सभा साधारणसभामा यो प्रस्ताव पेश हुने भएको हो  । कम्पनीले चैत्र २८ गते बुधबार होटल भिष्वा, विरगंज पर्सामा विहान साढे ९ बजे साधारण सभा बोलाएको छ ।

कतिपय लगानीकर्तामा कम्पनीले एफपिओ जारी गरेर शेयर स्वामित्व परिवर्तन गर्ने भ्रम रहेको भएपनि कम्पनीले एफपिओ भने जारि गर्ने छैन  । कम्पनीले परिवर्तन गर्नु पर्ने संस्थापक शेयरलाई रेसियो कायम गरी त्यसलाई नै साधारणशेयर कायम गर्ने भएको हो । यस अघि मेगा बैंक लगायतका कम्पनीले यहि प्रक्रियाबाट सेयर स्वमित्व परिवर्तन गरेका थिए ।

अहिले कति छ शेयर ? परिवर्तनपछि कति हुन्छ ?

 हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । जस अनुसार संस्थापक शेयर संख्या २ करोड १६ लाख ७५ हजार छ भने साधारण शेयर संख्या ९२ लाख ८९ हजार २ सय ८६ कित्ता छ ।साधारण सभाले कम्पनीले यस अघि प्रस्ताव गरेको  ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने छ ।

४२ प्रतिशत बोनसपछि संस्थापक शेयर संख्या ३ करोड ७ लाख ७८ हजार ५ सय कित्ता हुने छ भने साधारण शेयर संख्या १ करोड ३१ लाख ९० हजार ७ सय ८६ कित्ता हुने छ । ४२ प्रतिशत बोनसपछि कुल शेयर संख्या ४ करोड ३९ लाख ६९ हजार २ सय ८६ कित्ता हुने छ ।

अब कम्पनीले ७०:३० लाई  परिर्वतन गरेर संस्थापकको ६० तथा साधारणको सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्न लागेको हो । यस अनुसार १० प्रतिशत अर्थात् ४३ लाख ९६ हजार ९ सय २८ कित्ता शेयर संस्थापकबाट साधारण हुने छन्  । 

संस्थापक र साधारण शेयर स्वामित्व ६०:४० भएपछि संस्थापक शेयर संख्या २ करोड ६३ लाख ८१ हजार ५ सय ७२ कित्ता हुने छ भने साधारण शेयर संख्या १ करोड ७५ लाख ८७ हजार ७ सय १४ कित्ता कायम हुने छ  ।यस प्रक्रियामा शेयरहोल्डर भने परिवर्तन हुने छैन । यस प्रक्रिया अनुसार संस्थापक शेयरहोल्डरले नै केही मात्रामा साधारण शेयर पाउने हो । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत्र १४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ  । जस अनुसार चैत्र १३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।  हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । प्रस्तावित बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved