सिभिल बैंकले ३१ लाख कित्ता संस्थापक शेयर पुन लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 21, 2018 | 01:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले लिलाममा बिक्रि नभएका संस्थापक शेयरहरु पुन लिलाम गर्ने भएको छ । बैंकले फागुन २३ गतेदेखि चैत्र १ गतेसम्म ९ लाख ९२ हजार ८ सय १९ कित्ता साधारण शेयर तथा ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक शेयर लिलाम गरेको थियो । लिलाममा सबै साधारण शेयर बिक्रि भएको भए पनि संस्थापक तर्फ ९ आबेदनबाट १ लाख २३ हजार कित्ता मात्र माग भएको थियो ।  बैंकले लिलामीमा राखेको ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयरमध्ये ३१ लाख २१ हजार ६०० कित्ता सेयर बिक्री हुन नसकेको हो। 

अब बैंकले नबिकेको संस्थापक शेयर बैंकले पुन लिलाम मार्फत बिक्रि गर्ने भएको हो। यस पटक संस्थापक शेयरधनीले मात्र आबेदन दिन पाएपनि अब लिलाममा राख्दा संस्थापक शेयरमा सर्वसाधारण र संस्थाले समेत शेयरमा बोलि लगाउन पाउनेछन। बैंकले यहि चैत्र १४ गतेदेखि २१ गतेसम्म संस्थापक शेयर लिलाम गर्ने भएको हो । इच्छुक बोलकबोलदाताले न्यूनतम शेयरमूल्य प्रतिकित्ता एक सय रुपैयाँमा न्युनतम १०० कित्ता शेयरको लागि आवेदन दिनु पर्ने छ । लक्ष्मी क्यापिटल शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ । इच्छुक बोलकबोलदाताले बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलबाट आवेदन फारम लिन र बुझाउन सक्ने छन्  । 

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख खुद नाफा गरेको थियो। 

यो पनि : 

२८३ जनाले पाउने भए सिभिल बैंकको लिलामको शेयर, १५० मा पाइने शेयरलाई ४ सय रुपियाँको आवेदन


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved