नेप्सेमा गिरावट जारी, १३९ कम्पनीको शेयर मूल्य घट्यो , नेपाल लाइफको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 21, 2018 | 02:40:33 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार पनि बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २४.४० अंकले घटेर १२३१.०७ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५१ कम्पनीका १४ लाख १७ हजार ७ सय ८ कित्ता शेयर खरिद बिक्रिबाट ३७ करोड ८३ लाख ८७ हजार ११ रुपियाँको कारोबार भएको छ 

आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक लगायत रहेका छन् 

आज कारोबारमा आएका उत्पादन समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् 

आज युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य सर्बाधिक ६.११ प्रतिशतले बढेको छ भने गुडविल फाइनान्सको शेयर मूल्य ३.२० प्रतिशतले बढेको छ । आज प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य सर्बाधिक ९.०९ प्रतिशतले घटेको छ भने महिला सहयात्रा माइक्रोफाइनान्सको शेयर मूल्य ६.७१ प्रतिशतले घटेको छ । आज १३९ कम्पनीको शेयर मूल्य घटेको छ 

आज नेपाल बैंकको सबै भन्दा धेरै ६७ हजार ४ सय ७८ कित्ता सेयर खरिद बिक्रि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved