आरम्भ माइक्रोफाइनान्सको चमत्कार: २ दिन मै बाँडफांड, २ साता मै नेप्सेमा सुचिकृत

आईपिओ निष्काशनको एक महिना भित्रै कारोबार
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 21, 2018 | 04:14:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज बुधबार आरम्भ माइक्रो फाइनान्सको शेयर सुचिकृत भएको छ। आज कम्पनीको ६ लाख कित्ता शेयर सुचिकृत भएको हो । 

आरम्भ माइक्रोफाइनान्सले गत फागुन १५ गतेदेखि फागुन २१ सम्म कुल २ लाख ९४ हजार कित्ता आइपीओ बिक्रि गरेको थियो। जस मध्ये सर्वसाधारणलाई २ लाख ७० हजार ४८० कित्ता छुट्याइएको थियो।

कम्पनीको आईपिओ निष्काशन बन्द भएको दुई दिन मै अर्थात् फागुन २३ गते बाँडफांड भएको थियो  । बाँडफांड भएको २ साता मै कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । यस हिसाबमा आईपिओ निष्काशनक भएको १ महिना भित्रै शेयर कारोबार सम्भव हुने भएको छ  । 

सिडीएससीले आरम्भ माइक्रोफाइनान्सको आईपिओबाट सी आश्वाको सफल कार्यन्वयन गरेको थियो। सी आश्वाको कारण नै कम्पनीको शेयर छिटो बाडफांड र छिटो सुचिकृत हुन् सम्भव भएको हो । 

आइपीओ बिक्रि तथा वितरण पश्चात आरम्भको चुक्ता पुंजी ३ करोड ८५ लाखबाट ५ करोड पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved