मन्जुश्री फाइनान्सको हकप्रद बिक्रि खुला, अनलाइनबाहेक कहाँ बाट दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2018 | 07:37:37 AM मा प्रकाशित

laxmi  sunrise bank

मंजुश्री फाइनान्स लिमिटेडले आज चैत्र ८ गतेदेखि हकप्रद निष्काशन बिक्रि खुला गरेको छ ।  फाइनान्सले १००:५ को अनुपातमा ५ प्रतिशत हकप्रद निष्काशन गरेको हो  ।  

फाइनान्सले  ३३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो । फाइनान्सले माघ ९ गते  नेपाल धितोपत्र बोर्डबाट हकप्रद बिक्रि गर्ने अनुमति पाएको हो।   

फाइनान्सको माघ २६ गते बसेको संचालक समितिको बैठकले ५ प्रतिशत हकप्रद प्रयोजनका लागि फागुन ९ का लागि बुक क्लोज गर्ने निर्णय गरेकोले  फागुन ८ सम्म कायम शेयरधनीहरुले मात्र ५ प्रतिशत हकप्रद भर्न पाउनेछन।लगानीकर्ताले बैशाख १२ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।    

 फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा साबिकको एस क्यापिटल रहेको छ। एस र एनआईबिएल क्यापिटल एक आपसमा गाभिएर माघ २८ देखि एनआईबिएल एस क्यापिटलको नाममा एकीकृत कारोबार थालेका छन। 

लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु लालदरबार, काठमाडौँ, लगनखेल, ललितपुर, र चिप्लेढुंगा पोखराबाट हकप्रद भर्न सक्ने छन् भने मेरोशेयर मार्फत अनलाइन बाटैपनि हकप्रद भर्न सक्ने छन् ।  त्यस्तै मंजुश्री फाइनान्सको सम्पूर्ण शाखा कार्यालयबाट समेत हकप्रद भर्न सक्ने छन् ।  यसको अलावा सी आश्वामा आबद्द सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिने छ। 

हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाख छ। ५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७६ करोड ५ लाख पुग्नेछ। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत् बोनस र यस ५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुंजी ८० करोड ४० लाख पुग्ने छ  ।   

 फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ४ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved