देब बिकास बैंकले चैत्र २६ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2018 | 08:07:26 AM मा प्रकाशित

laxmi  sunrise bank

देब बिकास बैंकले चैत्र २६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो । देबले नेपाल धितोपत्र बोर्डबाट माघ २६ गते हकप्रद बिक्रि गर्ने स्वीकृती प्राप्त गरेको हो।

बैंकले सअब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद बिक्रि गर्ने छ।   हकप्रद बिक्रिका लागि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ। 

 बैंकले ४० प्रतिशत हकप्रद बिक्रि प्रयोजनार्थ फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको   छ। हकप्रदका लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय भएकाले फागुन १६ सम्म कायम शेयरधनीहरुले मात्र देब विकास बैंकको ४० प्रतिशत हकप्रद भर्न पाउनेछन। लगानीकर्ताले बैशाख ३० गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटको कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौँ, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखराबाट फारम लिएर हक्पद भर्न सक्ने छन् । त्यस्तै देव विकास बैंकको शाखाहरु तथा सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत हकप्रद भर्न सक्ने छन् । 

४० प्रतिशत हकप्रद बिक्रि पश्चात बैंकको चुक्ता पुंजी १ अर्ब ६३ करोडबाट २ अर्ब २८ करोड पुग्नेछ। बैंकले २ अर्ब ५० करोड चुक्ता पुंजी पुर्याउनुपर्नेछ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १४ करोड ६ लाख खुद मुनाफा आर्जन गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved