साताभर ६८ अंकले घट्यो सूचक, नेपाल लाइफको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2018 | 02:28:39 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार पनि बजार परिसूचक नेप्से घटेको छ  । आज नेप्से सूचक १०.६३ अंकले घटेर १२२०.४४ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५८ कम्पनीका १० लाख ७७ हजार ७ सय ४९ कित्ता शेयर खरिद बिक्रिबाट ४३ करोड ८२ लाख ५६ हजार १ सय ३४ रुपैयाको कारोबार भएको छ  । 

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै ४ करोड ७१ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल बैंक , सानिमा बैंक लगायत रहेका छन्  । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्  । 

आज नागबेली लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै ८.१४ प्रतिशतले बढेको छ भने एभरेस्ट इन्स्योरेन्सको शेयर मूल्य ६.९६ प्रतिशतले बढेको छ । त्यस्तै आज प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ५.३३ प्रतिशतले घटेको छ भने नेपाल ग्रामिण विकास बैंकको शेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ  । 

आज नेपाल बैंकको सबै भन्दा धेरै ५९ हजार २ सय ९६ कित्ता शेयर खरिद बिक्रि भएको छ । 

यस साताभर नेप्से सूचक ६८ अंकले घटेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved