पोखरा फाइनान्सको शेयर लिलामीको मिति तय, लिलामको शेयर सकार्नेले पनि बोनस पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 23, 2018 | 09:32:37 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्स लिमिटेडले यहि चैत्र १८ गतेदेखि हकप्रदमा अवितरित एक लाख ८० हजार ७०१ कित्ता सेयर लिलाम गर्ने भएको छ । फाईनान्सले गत पुस १३ गते देखी फागुन ६ गते सम्म १५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । फाइनान्सले  ९ लाख ८३ हजार ६८२ कित्ता सेयर निष्काशन गरेकोमा बिक्रि नभएको एक लाख ८० हजार ७०१ दशमलव ७४ कित्ता शेयर लिलाम गर्ने भएको हो ।  जस मध्ये ८० हजार ३ सय ४८ कित्ता संस्थापक शेयर रहेका छन् भने बाँकि १ लाख ३ सय ५३ कित्ता शेयर साधारण तर्फको रहेका छन् । लिलामको शेयर भर्ने समय चैत्र २५ गतेसम्म तोकिएको छ ।

इच्छुक बोलकबोलदाताले न्युनतम १०० कित्ताको लागि प्रति कित्ता १०० रुपैया भन्दा कम नहुने गरी आवेदन पेश गर्नु पर्ने छ  । संस्थापक शेयरको हकमा भने न्यूनतम हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ  । शेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ  । इच्छुक बोलकबोलदाताले एनआईबिएल एस क्यापिटल लिमिटेडको शाखाहरु लाजिम्पाट काठमाडौँ तथा लगनखेल ललितपुरबाट आवेदन लिन र दिन सक्ने छन्  । त्स्य्तई पोखरा फाइनान्सको कायालय न्युरोड पोखरा तथा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाहरु बिराटनगर, सुर्खेत, बिरगंज, नेपालगंज, बुटवल नारायणगढ र धनगढीबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने छन्  ।

फाईनान्स सञ्चालक समितिको चैत ६ गतेको बैठकले रितिपूर्वक आवेदन दिने ३३ हजार ४३८ जना आवेदकलाई ८ लाख दुई हजार ९८१ कित्ता सेयर बाँडफाँड गरेको छ।  हकभन्दा बढी सेयर माग गरि आवेदन गर्ने सेयरधनीको बाँडफाँडमा नपरेको रकम चैत्र १२ गते सोमबार देखी हकप्रद आवेदन बुझाएको संकलन केन्द्रबाट फिर्ता भुक्तानी हुने कम्पनीले जनाएको छ । 

लिलामको शेयर खरिद गर्नेले पनि बैंकले प्रस्ताव गरेको  ८.२६ प्रतिशत बोनस पाउने छन् ।   बोनस र हकप्रदपछि फाइनान्सकाे चुक्ता पुंजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved