बेस्ट फाइनान्सको २ लाख ९० हजार कित्ता शेयर आजदेखि पुन लिलाममा, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 23, 2018 | 09:47:04 AM मा प्रकाशित

laxmi  sunrise bank

 बेस्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रदमा अवितरित शेयर आज चैत्र ९ गतेदेखि पुन लिलाम बढाबढमा बिक्रि गर्दै छ  । कम्पनीले भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म हकप्रद बिक्रि गरेको थियो । 

त्यस मध्ये अवितरित  २ लाख ९० हजार २३६ कित्ता शेयर कम्पनीले पुष ४ देखि पुष १२ लिलाम बढाबढ मार्फत बिक्रि गरेको थियो  । तर पहिलो पटकको लिलाममा सबै शेयर बिक्रि भए[पछि कम्पनीले पुन लिलाम गरी शेयर बिक्रि गर्न लागेको हो। यस पटक कम्पनीले १ लाख ८ हजार १ सय ४१ कित्ता शेयर बोलकबोल मार्फत बिक्रि गर्न लागेको हो । जस मध्ये १२ सय १ कित्ता सर्वसाधारण समुह तर्फको रहेका छन् भने बाँकि संस्थापक समूह तर्फको रहेका छन् । 

कम्पनीले आज चैत्र ९ गतेदेखि १८ गतेसम्म बोलकबोल मार्फत शेयर बिक्रि गर्ने भएको हो । इच्छुक बोलकबोलदाताले फाइनान्सको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल, काठमाडौं, र ग्लोबल आइएमई बैंकका बिरगंज, बिराटनगर, पोखरा, बुटवल, नेपालगंज, धनगढी र सुर्खेत शाखा कार्यलयमा चैत्र १८ सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्न सक्नेछन।    

बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम ग्लोबल आइएमई क्यापिटलको नाममा ग्लोबल आइएमई बैंक, कमलादी शाखामा रहेको खाता नम्बर १११०१००११०६० मा   जम्मा गरि लिलाममा सहभागी हुन सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।     

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन। जो कोहि व्यक्ति वा संघ संस्थाले फाइनान्सले लिलाममा राखेको साधारण तथा संस्थापक शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन  ।    

हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी २९ करोड ७५ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी १३ करोड २२ लाख छ। फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ लाख ३५ हजार खुद मुनाफा गरेको छ। हालै मात्र बेस्ट फाइनान्सले सिनर्जी फाइनान्ससंग प्राप्तिका लागि सम्झौता गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved